• Home
  • प्रवास
  • एनआरएनए निर्वाचनमा अनलाइन भोटिङको व्यवस्था गर्न जेजु प्रान्तको माग
Image

एनआरएनए निर्वाचनमा अनलाइन भोटिङको व्यवस्था गर्न जेजु प्रान्तको माग

सिओल, ३० जेठ । दक्षिण कोरियाको स्वशासित प्रान्त जेजुमा रहेका नेपालीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यसमितिमा उपाध्यक्ष कोटाको माग गरेका छन् ।

दक्षिण कोरियाको आइल्याण्ड क्षेत्र जेजुमा रहेको क्षेत्रीय समितिले उपाध्यक्षसरह हुने गरी केन्द्रीय समितिमा प्रतिनिधित्वको सुनिश्चिता माग गरेको हो । एनआरएनए जेजु प्रान्त क्षेत्रीय समितिको बैठकले लामो समयदेखि एनआरएनको केन्द्रीय समितिमा आफूलाई वेवास्ता गरिएकाले विधान संशोधन गरेर जेजुको प्रतिनिधित्व सुनिश्चित गर्न केन्द्रीय कार्यसमितिलाई प्रस्ताव गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको व्यवस्था हुनुपर्नेमा जोड दिएको छ । दक्षिण कोरियामा एनआरएनएको एउटै कमिटी रहेकोमा जेजुमा रहेका नेपालीले प्रान्तीय समिति पनि गठन गरेका हुन् । बैठकले दक्षिण कोरियाको सदस्यतावापत बुझाउनुपर्ने रकमको पचास प्रतिशत जेजु कार्यसमितिले खर्च गर्न पाउनुपर्ने निर्णय गरेको छ ।

कोरियाको सदस्यताका लागि २० हजार कोरियन बोन बुझाउनुपर्ने व्यवस्था छ । जेजु प्रान्तीय समितिले क्षेत्रीय कार्यालय व्यवस्थापन र नेपाली कला संस्कृतिको प्रवद्र्धनका लागि सदस्यताको पचास प्रतिशत रकम आफूले खर्च गर्न पाउनुपर्ने प्रस्ताव केन्द्रीय समितिमा राख्ने निर्णय गरेको हो ।

जेजु प्रान्तको अधिवेशन जुन १८ मा गर्ने निर्णय भएको छ । क्षेत्रीय कार्यसमितिको निर्वाचनमा एनआरएनको सदस्यता दर्ता प्रक्रियामा भाग नलिएको भएपनि निर्वाचनमा भाग लिन पाउनुपर्ने र कार्यसमितिको उम्मेदवारले भने अनिवार्य सदस्यता दर्ता गरेको हुनुपर्ने निर्णय बैठकले गरेको हो ।

Related Posts

चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बासिडोल टोलबासीहरुले चन्दा उठाएर मन्दिर निर्माण सम्पन्न गरेका छन् ।   कलात्मक पिट्टलको छाना राखेर…

ByByYOUTV Nepal ३ वर्ष अगाडि

कर्णालीका किसानलाई राहत दिने सरकारको घोषणा

सुर्खेत, २५ असाेज । कर्णाली प्रदेश सरकारले भदौ र असोजमा अविरल वर्षासँगै आएको हावाहुरीले बाली, पशुचौपायमा भएको क्षतिको राहत…

ByByYOUTV Nepal ३ वर्ष अगाडि

एनआरएनए युएईको निर्वाचन संयोजकमा रमेश श्रेष्ठ

युएई, ४ असार । गैरआवासीय नेपाली संघ एनआरएनए युएईको आइतवार दुबईको अल रायन होटलमा बसेको राष्ट्रिय समन्वय परिषद…

ByByYOUTV ३ वर्ष अगाडि

नेपाली श्रमिकबारे ओमानमा सम्मेलन हुँदै, ५ जना सहभागी हुने

लण्डन, ३२ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन यही जुन महिनाको अन्तिम साता हुने…

ByByYOUTV ३ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *