• Home
  • ताजा समाचार
  • एकीकृत समाजवादीकाे संसदीय दलकाे नेतामा माधव नेपाल चयन
Image

एकीकृत समाजवादीकाे संसदीय दलकाे नेतामा माधव नेपाल चयन

काठमाण्डाै पुस ४

नेकपा एकीकृत समाजवादीकाे संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाल चयन हुनुभएको छ । 

आज साेमवार बसेको पार्टीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको महासचिव बेदुराम भुसालले जानकारी दिनुभयो । अध्यक्ष संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे र दलको सचेतकमा उप–महासचिव प्रकाश ज्वाला चयन हुनुभएको छ । 

अध्यक्ष नेपाल रौटहट–१ बाट, उपाध्यक्ष पाण्डे धादिङ २ र उपमहासचिव ज्वाला सल्यानबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । 

एकीकृत समाजवादीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १० सिट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *