• Home
  • समाचार
  • उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ
Image

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ

काठमाडौं । सूर्य र छठ माता (छठी मैयाँ) को उपासना गरी चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ । उदाउँदो सूर्यदेवको पूजा आरधना गरी छठ समापन गर्नका लागि नदी, तलाउ र छठ पूजाका लागि बनाइएका पोखरी किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।

जनकपुरस्थित गंगा सागरमा राताभर जाग्राम बसेका ब्रतालु भक्तजनले बिहान सूर्योदयसँगै सूर्यदेवको पूजा उपासना गरी ब्रत समापन गरेका छन् । हिजो अस्ताउँदै गरेको सूर्य तथा छठी मातालाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन्।

दुलही झैं सिंगारिएका तलाउमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरेका छन । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी छठ पर्व मनाइन्छ । आज बिहानै उदाउँदो सूर्यको पूजा उपासना गरी अर्घ दिएसँगै चारदिन लामो छठ पूजा सम्पन्न भएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि
1 Comments Text
  • Binance注册奖金 says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.bh/fr-AF/register?ref=JHQQKNKN
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *