• Home
  • समाचार
  • ई–सेवामार्फत मनिग्रामबाट पठाएको नगद रेमिट्यान्स प्राप्त गर्न सकिने
Image

ई–सेवामार्फत मनिग्रामबाट पठाएको नगद रेमिट्यान्स प्राप्त गर्न सकिने

काठमाडौं । अब मनिग्रामबाट पठाएको नगद रेमिट्यान्स ई–सेवामार्फत प्राप्त गर्न सकिने भएको छ । डिजिटल रेमिट्यान्स कम्पनी ई–सेवा मनि ट्रान्स्फर र विश्वको अग्रणी रेमिट्यान्स् कम्पनी मनिग्रामबीचको लामो समयदेखि बैंक र इसेवा वालेटमा भएको साझेदारी अब नगद रेमिट्यान्स भुक्तानीमा पनि सुरू भएको हो ।

यस सम्झौतासँगै अब विदेशमा बसोबास गर्दै आएका नेपालीहरुले, मनिग्राम मार्फत ईसेवा मनि ट्रान्स्फरबाट सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउन सक्ने भएका छन् । साथै, नेपालमा ग्राहकहरूले ईसेवा मनि ट्रान्स्फरका भुक्तानी केन्द्रहरूबाट आफ्नो भुक्तानी पाउन सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले पस १५ सम्म नगद रेमिट्यान्स् पठाउँदा विभिन्न पुरस्कार जित्न सक्ने कम्पनीद्धारा विज्ञप्तीमा उल्लेख छ। अफर अन्तरगत आगामी १० दिनसम्म मनिग्राम मार्फत नगद पठाउदा अतिरिक्त १०० बोनश पाउनुका साथै टिसर्ट, टोपी, कलम र किचनका आकर्षक सामाग्राीहरू प्राप्त सक्ने बताइएको छ । साथै प’स १५ सम्म नगद रेमिट्यान्स् पठाउने मध्ये एक जनाले स्मार्ट फोन जित्न सक्ने कम्पनीले जनाएको छ ।

ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत, अजेश कोईरालाले मनिग्राम जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनीसँग निरन्तर साझेदारी गर्न पाउँदा निकै उत्साहित भएको बताएका छन् । यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन थप सहजता हुने उनको विश्वास छ । साथै, भुक्तानी केन्द्रहरुको संख्या विस्तार गरी ग्राहकहरुको नजिकको स्थानमा रकम प्राप्त गर्न सजिलो प्रक्रिया प्रदान गरिने प्रबिद्धता समेत गरे ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *