• Home
  • समाचार
  • ईफाप्काको ४६ औँ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै
Image

ईफाप्काको ४६ औँ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै

काठमाडौं । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ राष्ट्रका निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय छाता संस्था इन्टरनेसनल फेडेरेसन अफ एसियन एण्ड वेस्र्टन प्यासिफिक कन्ट्याक्टर्स एशोसिएसन (ईफाप्का) को ४६ औँ अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । आज पत्रकार सम्मेलन गरी नेपाल निर्माण व्यवसायी महासंघले मंसिर पाँच गतेबाट काठमाडौंमा आयोजना हुने सो सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

ईफाप्का सम्मेलन ‘दिगो पूर्वाधारमा साझेदारी’ भन्ने नाराका साथ मंसिर पाँच गतेदेखि ९ गतेसम्म चार दिनसम्म काठमाडौंको एक होटलमा आयोजना गरिने आयोजकले जनाएको छ । कार्यक्रमको औपचारिक उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गरिने महासंघका महासचिव रोशन दाहालले बताए ।

इफाप्कामा १८ वटा देशहरु रहेका छन् । यो नेपालले आयोजना गर्ने दोस्रो सम्मेलन पनि हो । इफाप्कामा १८ वटा देशहरुबाट २५० बढी प्रतिनिधि सम्मेलनमा सहभागी हुन नेपाल आउने इफाप्काका महासचिव एवं नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार समेत रहेका विरेन्द्र दास स्वामीले जानकारी दिए।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *