• Home
  • अर्थ
  • इन्फोसिस फिनेकल इनोभेसन अवार्ड–२०२३’बाट माछापुच्छ्रे बैंक सम्मानित
Image

इन्फोसिस फिनेकल इनोभेसन अवार्ड–२०२३’बाट माछापुच्छ्रे बैंक सम्मानित

काठमाडौ, २ असार । माछापुच्छ्रे बैंक लिमिटेड ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड–२०२३’बाट सम्मानित भएको छ। ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङमा अभूतपूर्व सफलता हासिल गरेसँगै बैंक ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड २०२३– म्याक्सिमाइजिङ कस्टमर इंग्जेमेन्ट–गोल्ड’ पुरस्कारबाट सम्मानित भएको हो।

भारतको बैंगलोरस्थित बहुराष्टिय सुचना प्रविधि कम्पनी इन्फोसिस फिनेकलले प्रदान गर्ने ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड २०२३– म्याक्सिमाइजिङ कस्टमर इंग्जेमेन्ट–गोल्ड’ नामक पुरस्कारबाट माछापुच्छ्रे बैंक सम्मानित भएको हो। विगत दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदम चालेको छ।

इन्फोसिस फिनेकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ। यस वर्ष विश्वभरिबाट २०० भन्दा बढी कम्पनी विभिन्न विधामा मनोनयनमा परेका थिए।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *