• Home
  • ताजा समाचार
  • इथालेन र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधि विक्री नगर्न विभागको निर्देशन
Image

इथालेन र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधि विक्री नगर्न विभागको निर्देशन

१३ मंसिर, काठमाडौं

इथालेन ग्लाईकोल र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधिहरु उत्पादन तथा बिक्री वितरण नगर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।

बालबालिकाका लागि प्रयोग हुने कतिपय झोल औषधिहरुमा यी दुई विषाक्त रसायन मिसिएको हुन सक्ने भन्दै त्यसको एकीन गरेर मात्रै विक्री वितरण गर्न निर्देशन दिएको हो ।

विश्व स्वास्थ्य संगठनले जाम्बिया तथा इन्डोनेसिया लगायतका देशमा इथालेन ग्लाईकोल र डाइइथानाइल ग्लाईकोल मिसावट भएको औषधि खाँदा धेरै बालबालिकाको मृत्यु भएको थियो ।

विश्वस्वास्थ्य संगठनको रिर्पोटमा उक्त विषाक्त रसायनयुक्त मिसावटका कारण बालबालिकाको मिर्गौलामा गम्भीर प्रतिअसर दुष्प्रभाव भई मृत्यु भएको दावी गरिएको छ ।

ती रसायनहरु भारतको माइडेन फर्मास्युटिकल्स लिमिडेट हरियानाबाट उत्पादन गरिएको प्रोमेथाजिन ओरल सलुसन, कोफेक्सामाइलिन बेबी कफ सिरफ, म्याकअफ वेवी कफ सिरफ, र मागरिप एन कोल्ड सिरफ रहेका छन् ।

प्रोपलाइन ग्लाइकोल, पोलिथिनल्याइन ग्लाइकोल, सोरविटोल र ग्लासिरिन, ग्लासिरोल जस्ता सहायक कच्चा पदार्थहरु प्रयोग भई नेपालमा उत्पादन तथा पैठारी हुने औषधिमा यी दुई विषाक्त रसायन मिसिएको हुन सक्ने भन्दै त्यसको एकीन गरेर मात्रै विक्री वितरण गर्न निर्देशन दिएको हो ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni १ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *