• Home
  • Uncategorized
  • आ.व.०७९/८०मा ३ अर्ब ३३ करोड बजेट :बिरगंज माहानगरपालिका
Image

आ.व.०७९/८०मा ३ अर्ब ३३ करोड बजेट :बिरगंज माहानगरपालिका

No description available.

Banshidhar Rauniyar

असार १० गते बिरगंज महानगरपालिकाको शुक्रवार आयोजित ११ औं नगरसभामा उपप्रमुख एंव राजश्व परामर्श समितिका संयोजक इम्तियाज आालमले अगामी आथिर्क वर्ष २०७९र०८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपियाँँको बजेट सार्वजनिक गरेका हुन। महानगरले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्ष २०७८र७९ को भन्दा २१ करोड ७६ लाख ११ हजार रुपियाँँ कमको बजेट ल्याएको हो। शुक्रवारको नगरसभामा उपप्रमुख आलमले सर्वाजनिक गरेको विनियोजित बजेट मध्य चालु खर्चतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार अर्थात ६२.०४ प्रतिशत रकम विनियोजन गरिएको छ। पुँजीगत खर्चतर्पm भने १ अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपियाँँ अर्थात ३७.९६ प्रतिशत खर्च हुने अनुमान महानगरको छ। बजेटमा सबैभन्दाबढी पूर्वाधार विकास क्षेत्रमा १ अर्ब १९ करोड ९३ लाख रकम विनियोजन गरिएको छ। सामाजिक विकास क्षेत्रमा भने ९९ करोड ३५ लाख ७९ हजार रुपियाँँ छुट्याइएको छ। महानगरपालिकाको सेवा प्रवाह र संगठन सुदृढिकरण सम्बन्धी कार्यक्रमका लागि ९३ करोड ५३ लाख २१ हजार, शिक्षा, युवा तथा खेलकुद सम्बन्धी कार्यक्रमका लागि ६६ करोड ३८ लाख ३५ हजार रुपियाँँ विनियोजित गरिएको छ। स्वास्थ्यतर्पm १५ करोड २० लाख ३० हजार, महानगरपालिकाको आर्थिक विकासतर्पm १० करोड ४२ लाख ९० हजार, महानगरको सरसफाइ व्यवस्थापनतर्पm ८ करोड ९१ लाख रुपियाँँ, कृषितर्पm ३ करोड २६ लाख ९० हजार र वन तथा वातावरण र विपद व्यवस्थापनतर्पm ५ करोड ९९ लाख रुपियाँँ खर्च हुने अनुमान महानगरको छ। यस्तै महानगरपालिकाको सूचना प्रविधी र सनचार सम्बन्धी कार्यक्रमका लागि १ करोड ५ लाख ९५ हजार रुपियाँँ छुट्याएको छ। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यवहोर्ने श्रोतहरू मध्ये महानगरको आन्तरिक आय तथा राजश्वबाट ९५ करोड, संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदानबाट १ अर्ब ७० करोड, ६२ लाख, मधेस प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानबाट ७ करोड ९८ लाख, एशीयाली विकास बैंकबाट १२ करोड ६१ लाख, सडक बोर्डबाट २ करोड, जिल्ला समन्वय समितिबाट ९६ लाख र युनिसेफबाट २५ लाख रुपियाँँ जुटाइने महानगरपालिकाले जनाएको छ। किसानले बिद्युत निश्शुल्क पाउने, चक्रपथ बनाउने, वीरगंजलाई शैक्षिक हब बनाइने महानगरको आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा किसानको सिंचाई मिटरको सम्पूर्ण विद्युत महशुल महानगरपालिकाले तिर्ने उल्लेख छ। यस्तै महिनामा बढीमा ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्ताको महशुल पनि महानगरपालिकाले नै तिर्ने वार्षिक नीति कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ। नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख राजेशमान सिंहले सुशासनलाइ सेवा प्रवाहको मूल मन्त्र बनाएर महानगरपालिकाको कार्यालयमा भ्रष्टचारमा शून्य सहनशीलता अपनाउने, आर्थिक वर्षको अन्त्यमा हतारमा काम गरेर बजेट सक्याउने प्रवृतिलाई अन्त्य गरिने बताए। वीरगंज महानगरलाई शैक्षिक हबकोरूपमा विकास गरिने पनि उनले बताए। छोरीहरूलाई शिक्षित र आत्मनिर्भर बनाउन महानगरका ग्रामीण वडाहरूमा कन्या विद्यालय र क्याम्पस स्थापना गरिने मेयर सिंहले बताए। महानगरका ३२ वटै वडाहरूलाइ सडक सनजालमार्पmत जोड्न चक्रपथको निर्माण गरिने कार्यक्रम पनि नीति कार्यक्रम तथा बजेटमा समावेश गरिएको मेयर सिंहले बताए। उनले वीरगंज महानगरको एकीकृत शहरी विकास योजना बनाइ त्यहि अनुसार शहरी विकास कार्यलाइ अगाडि बढाइने मेयर सिंहले बताए। वडा नम्बर ३० र ३१ मा रहेको गुठी संस्थानको ६ सय ५० बिगाहा जग्गा भाडामा लिएर पूर्वाधारसहितको औधोगिक क्षेत्र स्थापना गरिने पनि सिंहले बताए। दुई दशकदेखि बन्द रहेको वीरगंज चिनी कारखाना र कृषि औजार कारखाना पुनः सनचालनका लागि संघ र प्रदेश सरकारसंग पहल गर्ने पनि उनले बताए l

[the_ad id=”1189″]

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ४ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *