
वीरगञ्ज, पानीटंकी स्थित रहेको आशाराम अस्पतालमा यहि बैशाख १३ गते बुधबारका दिन पाठेघरको क्यान्सर सम्बन्धी नि:शुल्क शिविर सम्पन्न भएको थियों । शिविरमा महिला हुने जटिल रोग पाठेघरको क्यान्सर सम्बन्धी रोगको नि:शुल्क परिक्षण गरिएको थियों ।
शिविरमा करीब १ सय ५० महिलाको परिक्षण गरिएको थियो । परिक्षण गरिएका मध्य १५ जना महिलामा संक्रमणको समस्या रहेको , ६ जना महिलामा क्यान्सर सम्बन्धि सुरुवाती समस्या देखिएको र केहि महिलाहरुमा भने पाठेघरमा मासु पलाएको समस्या देखिएको आशाराम अस्पताल का स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. अलिशा दासले बताइन ।

आशाराम अस्पतालले महिलाहरुमा हुने स्वास्थ्य समस्यामा पाठेघरको समस्या जटिल रहेकाले महिला स्वास्थ्य कार्यक्रम अन्तरगत शिविर संचालन गरेको अस्पतालकी संचालिका निभा दासले बताइन ।
पाठेघर सम्बन्धि समस्या देखिएका महिलाहरुलाई डा.दासले समयमै उपचार विधि अवलम्न गर्न सुझाव दिइन ।
सो शिविरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी डाक्टर अलिशा दास, डाक्टर बबिता चौधरी र डाक्टर चाँदनी पाण्डेयले चेकजाँच गरेको संचालिका दासले बताएकी थिइन ।
















