• Home
  • ताजा समाचार
  • आम जनता पार्टी (आजपा) निकट साजन जयसवाल र मनोज तिवारीबीच विशेष भेटघाट, सहकार्यबारे छलफल
Image

आम जनता पार्टी (आजपा) निकट साजन जयसवाल र मनोज तिवारीबीच विशेष भेटघाट, सहकार्यबारे छलफल

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम उद्योग वाणिज्य संघका राष्ट्रिय अध्यक्ष तथा आजपाका विदेश विभाग प्रमुख साजन जयसवालले भारतीय जनता पार्टी (भाजपा) का पूर्वी दिल्ली सांसद तथा भोजपुरी सिनेमा जगतका चर्चित कलाकार एवं गायक मनोज तिवारीसँग विशेष भेटघाट गरेका छन्।

उक्त भेटघाटका क्रममा दुवै पक्षबीच आगामी दिनहरूमा आपसी सहकार्यका विभिन्न सम्भावनाहरूका विषयमा गम्भीर छलफल भएको बताइएको छ। विशेषगरी सामाजिक, सांस्कृतिक तथा राजनीति क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक संवाद भएको स्रोतले जनाएको छ।

भेटका क्रममा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, कला–संस्कृतिको माध्यमबाट जनस्तरको सम्बन्ध मजबुत बनाउने तथा आम जनता पार्टी (आजपा) को विकासमा साझा पहल गर्ने विषयहरूमा समेत विचार आदान–प्रदान गरिएको थियो।

उक्त भेटघाटलाई आगामी दिनहरूमा नेपाल–भारतबीचको जनस्तरीय तथा राजनीति, सांस्कृतिक सहकार्यलाई थप उचाइमा पुर्‍याउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *