• Home
  • ताजा समाचार
  • आम जनता पार्टी (आजपा) निकट साजन जयसवाल र मनोज तिवारीबीच विशेष भेटघाट, सहकार्यबारे छलफल
Image

आम जनता पार्टी (आजपा) निकट साजन जयसवाल र मनोज तिवारीबीच विशेष भेटघाट, सहकार्यबारे छलफल

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम उद्योग वाणिज्य संघका राष्ट्रिय अध्यक्ष तथा आजपाका विदेश विभाग प्रमुख साजन जयसवालले भारतीय जनता पार्टी (भाजपा) का पूर्वी दिल्ली सांसद तथा भोजपुरी सिनेमा जगतका चर्चित कलाकार एवं गायक मनोज तिवारीसँग विशेष भेटघाट गरेका छन्।

उक्त भेटघाटका क्रममा दुवै पक्षबीच आगामी दिनहरूमा आपसी सहकार्यका विभिन्न सम्भावनाहरूका विषयमा गम्भीर छलफल भएको बताइएको छ। विशेषगरी सामाजिक, सांस्कृतिक तथा राजनीति क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक संवाद भएको स्रोतले जनाएको छ।

भेटका क्रममा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, कला–संस्कृतिको माध्यमबाट जनस्तरको सम्बन्ध मजबुत बनाउने तथा आम जनता पार्टी (आजपा) को विकासमा साझा पहल गर्ने विषयहरूमा समेत विचार आदान–प्रदान गरिएको थियो।

उक्त भेटघाटलाई आगामी दिनहरूमा नेपाल–भारतबीचको जनस्तरीय तथा राजनीति, सांस्कृतिक सहकार्यलाई थप उचाइमा पुर्‍याउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni २ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni २ दिन अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *