• Home
  • राजनीति
  • आज ५ बजेदेखि मतदाता नामावली संकलन बन्द हुने
Image

आज ५ बजेदेखि मतदाता नामावली संकलन बन्द हुने

काठमाडौं, १९ साउन 

निर्वाचन आयोगले बिहीबार (आज) बेलुका ५ बजेदेखि मतदाता नामावली संकलन बन्द हुने जनाएको छ ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेसँगै मतदाता नामावली संकलन बन्द हुने भएको आयोगका सहायत प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ । 

निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली बन्द गरिने अर्यालले जानकारी दिए । गत १ असारबाट सुरु गरिएको मतदाता नामावली बिहीबार बेलुका ५ बजेबाट बन्द हुन लागेको हो । यो अवधिमा करिब पाँच लाखभन्दा बढीले नामावली दर्ता गराएका छन् । 

साथै आयोगमा दर्ता भएका राजनीतिक दलका लागि दल दर्ता प्रक्रिया पनि चाँडै सुरु गरिने सहायक प्रवक्ता अर्यालले जानकारी दिए । ‘एक हप्ता समय दिएर आयोगमा दर्ता भइसकेका दलका लागि दल दर्ता प्रक्रिया चाँडै थाल्नेछौँ,’ अर्यालले न्युज कारखानासँग भने ।  
 

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ५ दिन अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *