• Home
  • समाचार
  • आज विश्व औ‌‌लो दिवसः विभिन्न कार्यक्रम गरि मनाइँदै
Image

आज विश्व औ‌‌लो दिवसः विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं, बैशाख १२ गते । आज विश्व मलेरिया दिवस । शून्य मलेरिया प्रदान गर्ने समयः लगानी, आविष्कार, कार्यान्वयनू भन्ने नाराका साथ विश्वभरी मनाईदैछ ।लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग ’औ‌लो’ विरुद्धको दिवस संसारभर प्रत्येक बर्ष २५ अप्रिलमा मनाइन्छ । यसबारे सचेतनाका लागि आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मलेरिया ९औंलो० दिवस मनाइदै छ।

नेपालमा पनि स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा काम गर्ने सङ्घ–सस्था अनि कर्मचारीहरूले विभिन्न कार्यक्रम मार्फत तथा घरदैलो जस्ता विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरेर यो दिवसको बारेमा जानकारि फैलाउने गर्दछन्।

यसबारे कतिपय विकासोन्मुख देशका नागरिकहरूमा चेतना स्तरको कमी, स्वास्थ्योपचारको अभाव, गरिबी अनि हेलचेक्राईका कारणले मृत्युको सङ्ख्या आशा गरे अनुरुप घट्न भने सकेको छैन ।यसको रोकथाम गर्न समयमा खोप, आवश्यक औषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्त्वपूर्ण मानिएको छ ।

हरेक डिसेम्बरमा मलेरिया पीडितहरुको बारेमा रिर्पोट सार्वजनिक गरिँदै आएको छ । जसअनुसार सन् २०२२ को डिसेम्बरमा प्रकाशित पछिल्लो विश्व मलेरिया प्रतिवेदन अनुसार २०२१ मा ६ लाख १९ हजारको ज्यान लिएको थियो भने । २०२० मा मलेरियाका कारण ६ लाख २५ हजारले ज्यान गुमाएकाा थिए । सन २०२१ मा २४ करोड ५० लाखलाई मलेरिया (औंलोंं) भएको पुष्टी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

डब्लुएचओका अनुसार सबैभन्दा बढी अफ्रिकामा मलेरिया संक्रमित भेटिएका थिए । डब्लुएचओका अनुसार ९५ प्रतिशत मलेरिया संक्रमितहरु अफ्रिकामा भेटिएका हुन । मृत्यु भएका मध्ये ५ लाख ९३ हजार सबै अफ्रिकी देशका नागरिक थिए, मलेरियावाट मृत्यु हुनेमा धेरै जसो अर्थात ८० प्रतिशत संक्रमित ५ बर्ष मुनिका बालबालिका थिए ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ४ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ६ दिन अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *