Image

आज काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

काठमाडौं, ३ जेठ

३० वैशाखमा रोकिएको काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर १३ को मतदान कडा सुरक्षाबीच आज मतदान भइरहेको छ। पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान भइरहेको हो।

गत शुक्रबार विवाद भएपछि रोकिएको निर्वाचन आज बिहान ७ बजेबाट सुरु भएको थियो । स्थगित चुनाव जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।

यसअघि ३० वैशाखमा मतपत्र दिने क्रममा विवाद भएपछि स्थगित भएको निर्वाचन ३ जेठमा गर्ने गरी निर्णय भएको थियो । दुईवटा मतदान केन्द्र रहेको विद्यालयमा १७ सय ७८ मतदाता छन् । मतदान साँझ ५ बजेसम्म रहने निर्वाचन कार्यालयले जनाएको छ।

Related Posts

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ४ घण्टा अगाडि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni २३ घण्टा अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ४ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *