• Home
  • ताजा समाचार
  • आजदेखि पर्सिसम्म विभिन्न १२ ठाउँमा टाटाको मेगा सर्भिस क्याम्प
Image

आजदेखि पर्सिसम्म विभिन्न १२ ठाउँमा टाटाको मेगा सर्भिस क्याम्प

काठमाण्डाै पुस १०

टाटा मोटर्सका लागि नेपालकाे आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले आज आइतवारदेखि पर्सि मङ्गलवारसम्म १२ वटा ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएकाे छ।

सिप्रदीले काठमाण्डौ उपत्यकाकाभित्र  बागडोल, बालकुमारी, सोल्टीमोड र उपत्यका बाहिर पोखरा, इटहरी, मेची, वीरगञ्ज , ढल्केबर, हेटौँडा, धनगढी र नेपालगञ्जमा क्याम्पकाे आयाेजना गर्ने भएकाे हाे । 

यस क्याम्पमा टाटाका प्यासेन्जर श्रेणीका गाडीहरुको जाँच गरिने सिप्रदीले जनाएकाे छ । यस्तो  जाँच गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवम् अन्य सुविधाहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । 

म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको  खरिदमा क्रमश :  १८, १५ र १८  प्रतिशत छुट लगायत टप वाशिङ् , कम्प्युटर डायग्नोसिस,  सस्पेन्सन चेक-अप, ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि  नि:शुल्क प्रदान गरिने सिप्रदीले जनाएकाे छ ।  साथै क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेज अन्तर्गत ४ हजार रुपैयाँसम्म नगद फिर्ताको पनि व्यवस्था छ। 

टाटाका प्यासेन्जर श्रेणीका गाडी चलाउने ग्राहकहरुलाई सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गर्न लागिएको कम्पनीकाे दाबी छ । 

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *