• Home
  • मौसम
  • आजको मौसमः तराइका भु-भागकाे तापक्रम नघटने, तीन प्रदेशमा पानी पर्ने
Image

आजको मौसमः तराइका भु-भागकाे तापक्रम नघटने, तीन प्रदेशमा पानी पर्ने

काठमाडौं, २५ जेठ । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ। कोशी प्रदेश लगायत बागमती, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षा भईरहेको छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका तराइका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ जसका कारण सो भू-भागहरूमा तातो हावा र लू चलिरहेको अवस्था छ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। अत्याधिक गर्मी तथा मेघ-गर्जन/चट्याङ्गबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।

Related Posts

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ४ हप्ता अगाडि

आजको मौसम: पश्चिमी वायुको आंशिक प्रभाव; हिमाली भेगमा हल्का हिमपातको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने जनाएको छ। यसका कारण पहाडी तथा…

ByByanjana soni ७ महिना अगाडि

चक्रवात ‘दित्वा’को प्रभाव: देशभर आंशिक बदली, यी प्रदेशमा मौसम सफा

मौसम पूर्वानुमान महाशाखाले हाल दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ (Ditwa) को आंशिक प्रभाव देशभर परिरहेको जनाएको छ।…

ByByanjana soni ८ महिना अगाडि

आजको मौसम तराइका हवाइ उडडयन प्रभावित हुने

काठमाडौं, २६ मंसीर । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम…

ByByYOUTV Nepal २ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *