आईपीएलः कोलकातामाथि हैदरावादको जित

1.3kViews
0 Shares

काठमाडौं, वैशाख २ गते । इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको छ । घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा जितका लागि २२९ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन मात्रै बनायो । कोलकाताका कप्तान नितिश राणाले सर्वाधिक ७५ रन बनाउँदा रिङ्कु सिंह ५८ रनमा अविजित रहे ।

तर, टिमलाई हारबाट उनीहरुले जोगाउन सकेनन् । कोलकातालाई सस्तैमा समेट्ने क्रममा हैदरावादका मार्को जनसन, मयङ्क मारकान्डेले समान दुई दुई विकेट लिए भनेभुवनेश्वर कुमार, टी नटराजन र उमरान मलिकले समान एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनाएको थियो । हैदरावादका ह्यारी ब्रुकले १०० रनको अविजित शतकीय पारी खेल्दा कप्तान एडेन माक्ररमले ५० रन जोडे । कोलकाताका आन्द्रे रसेलले ३ विकेट तथा वरुण चक्रवर्तीले एक विकेट लिए । यो खेलसँगै कोलकाता ४ खेलमा ४ अंककासाथ तालिकाको चौथो स्थानमा र हैदरावाद ४ खेलमा ४ अंककासाथ सातौँ स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय