• Home
  • समाचार
  • अस्ट्रेलियामा ‘सोलफुल रिदम्स: निर्णय ‘एन.एस.के’ लाईभ इन सिड्नी’ आयोजना हुने
Image

अस्ट्रेलियामा ‘सोलफुल रिदम्स: निर्णय ‘एन.एस.के’ लाईभ इन सिड्नी’ आयोजना हुने

अस्ट्रेलियामा ‘सोलफुल रिदम्स: निर्णय ‘एन.एस.के’ लाईभ इन सिड्नी’ आयोजना हुने

नेपाली चर्चित हिपहप गायक निर्णय ‘एन एस के’ अस्ट्रेलियामा गुन्जिने भएका छन् । ‘सोलफुल रिदम्स: निर्णय ‘एन.एस.के’ लाईभ इन सिड्नी’ नाम दिइएको उक्त कार्यक्रम अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ । सिड्नी र यसका वरपरका क्षेत्रहरूमा रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । साथै यस कार्यक्रमबाट उठेको सम्पूर्ण रकम “सफलता एच. आई. भि. शिक्षा सदन” लाई सहयोग गरिने आयोजकले जनाएका छन् । सफलता एच. आई. भि. शिक्षा सदन एच. आई. भि. सङ्क्रमित बच्चाहरूलाई नि:सुल्क शिक्षा प्रदान गर्ने विद्यालय हो ।

३१ अगस्ट २०२३ मा हुन लागेको उक्त कार्यक्रममा निर्णय सँगै अस्ट्रेलिया मै बसोबास गर्दै आएका प्रतिभाशाली गायक रणक नव बस्नेतले पनि आफ्नो साङ्गीतिक प्रस्तुति दिनेछन् भने कार्यक्रम प्रस्तोताको रूपमा चर्चित प्रस्तोता विवेक खतिवडा रहेका छन् ।

अक्स्फोर्ड स्ट्रिट, प्याडिङ्ग्टनमा रहेको प्याड्डो आर.एस.एल क्लबमा आयोजना हुने कार्यक्रममा सङ्गीत प्रेमी दर्शकहरूको उल्लेख्य उपस्थितिको अपेक्षा गरिएको छ । कार्यक्रमलाई ह्याप्पी सोल बिस्ट्रो र ग्रिष्मा ब्रोड्कास्टिङ्गले संयुक्त रूपमा आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरूलाई सहज र रमाइलो अनुभव प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध र सोही अनुसारको तयारी रहेको ग्रिष्मा ब्रोड्कास्टिङ्गका सी.ई.ओ पवन राज जोशी बताउँछन् । जोशीले सप्तरङ्ग सिजन एक , दुई , र तीन, स्टार क्रिकेट, र हिमालय फेसन एडभेन्चर लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय इभेन्टहरू सफल रूपमा आयोजना गरेका छन्।

यता ह्याप्पी सोल बिस्ट्रोका निर्देशक राजु आचार्य पनि कार्यक्रम र ग्रिष्मा ब्रोड्कास्टिङ्गसँगको यो साझेदारीलाई लिएर निकै उत्साहित रहेको बताउँछन् ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni ४ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni १ महिना अगाडि

पूजा ठाकुरको ‘तीजैमा छमछम’ सार्वजनिक, तीजको मौलिक संस्कृति र उल्लाससँगै नाच्दैछ नेपाली मन

नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीजैमा छमछम’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *