Image

अष्ट्रेलियन पादरीले १९३ वटा बाल यौन दुर्व्यवहार गरेको पुष्टी

सिडनी, ८ असार । अष्ट्रेलियाका एक पूर्व पादरीले ७० भन्दा बढी यौन दुर्ब्यबहारको दोषी प्रमाणित भएका छन् । 

हालै ८९ वर्षीय पुर्ब पादरी जेराल्ड रिड्सडेलले  बाल यौन दुर्व्यवहारको थप आरोप स्वीकार गरे पछि उनले ७२ वटा अपराध गरेको पुष्टी भएको हो । उनी सन् १९९४ देखि ३९ वर्षको जेल सजाय भोगिरहेका छन् । सो सँगै उनले १९३ औं अपराध गरेको पुष्टी भएको छ । 

नयाँ कसुर प्रमाणित भए पछि अब उनलाई  थप सजाय हुनसक्छ । गेराल्डले सन् १९६१ देखि १९८८ सम्म आफ्नो चर्च र विद्यालयमा उपस्थित धेरै बालबालिकालाई यौन दुर्व्यवहार गरेको उजुरी पछि उनलाई पक्राउ गरिएको थियो । उनी बिरुद्ध धारा प्रवाह रुपमा उजुरी परे पछि अष्ट्रेलियामा सो समयमा सनसनी मच्चिएकोसमेत थियो । उनै पादरी माथी थप अर्को आरोप पुष्टी भए पछि उनी पुनः चर्चामा आएका हुन् । 

भिक्टोरिया राज्यको रोमन क्याथोलिक चर्चमा पादरी रहेका गेराल्डले विभिन्न दुर्व्यवहारका घटना बाहिर आएपछि देशभर हंगामा मच्चाएको थियो । उनी यतिबेला ओछ्यानबाट उठ्न सक्दैनन्, उनलाई जेलको अस्पतालमा राखिएको छ ।

हालै स्थानीय बल्लार मजिस्ट्रेटको अदालतले ७२ औं मुद्दाको सुनुवाइ भिडियो कन्फरेन्समार्फत सम्पन्न गरेको हो । १९८७ को पछिल्लो मामला मेलबर्नबाट ३००  किलोमिटर टाढा रहेको होर्शाम स्कूलसँग सम्बन्धित छ, जहाँ उनले एक सहायक पादरी हुँदा एक १३ वर्षीय केटालाई यौन दुर्व्यवहार गरेका थिए । 

पछिल्लो दोषी ठहरिए पछि, जेराल्डलाई उसको १९३ औं अपराधको लागि सजाय सुनाइनेछ। उनलाई सजायका लागि अगस्ट १५ मा अदालतमा पेश गरिने छ ।

Related Posts

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

Lions District 325P Nepal को Cabinet Schooling Program ले दियो नयाँ नेतृत्वको सन्देश

धुलिखेलस्थित होटल सारथीमा Lions International District 325P Nepal द्वारा आयोजित Cabinet Schooling Program भव्य तथा सफलतापूर्वक सम्पन्न भएको…

ByByanjana soni २ महिना अगाडि

लायन्स ३२५ पीको नेतृत्व कसौधनलाई, मीना पन्थी र अर्चित श्रेष्ठ पनि निर्वाचित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दीप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट उहाँ…

ByByanjana soni ३ महिना अगाडि

श्री करौली शंकर महादेव महाराज ‘श्री पञ्चायती अखाडा नयाँ उदासीन निर्वाण’ को महामण्डलेश्वर नियुक्त

पर्सा- श्री करौली शंकर महादेव धाम, मिश्री मठका सर्वोच्च प्रमुख श्री करौली शंकर महादेव महाराज ‘श्री पञ्चायती अखाडा…

ByByanjana soni ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *