कार्तिक ३ गते
दुईदिनदेखिको अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी देशभर अहिलेसम्म ३१ जनाको ज्यान गएको छ ।
अन्य १७ जना बेपत्ता भएका छन् भने ४३ जना घाइते भएका छन् ।
गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले बुधबार बिहान दिएको विवरणअनुसार बाढी तथा पहिरोमा परी ४३ जना घाइते भएका छन् भने ४०० परिवार विस्थपित भएका छन्।
बाढी पहिरोमा मृत्यु भएका ३१ मध्ये २२ जना प्रदेश १ का मात्रै रहेको विपद् महाशाखाले जनाएको छ।
मनसुन हटिसकेको अवस्थामा भइरहेको अस्वाभाविक वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ ।
















