• Home
  • ताजा समाचार
  • अवतार २ : नेपालमा साढे तीन करोड हारहारीमा कमाइ, विश्वव्यापी ओपनिङ ४४१ मिलियन डलर
Image

अवतार २ : नेपालमा साढे तीन करोड हारहारीमा कमाइ, विश्वव्यापी ओपनिङ ४४१ मिलियन डलर

काठमाडौं 

 हलिउड साइन्स-फिक्सन फिल्म ‘अवतार : वे अफ वाटर’ले नेपाली बक्सअफिसमा ३ करोड रुपैयाँको आँकडा पार गरेको छ ।

चार दिन (सोमबार)सम्म फिल्मले ३ करोड ४० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हलिउड स्टुडियो डिज्नेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।

विकडेजको अकुपेन्सीमा गिरावट आएपछि फिल्मले दोस्रो सप्ताहन्तसम्म ५ करोडको आँकडा छुने प्रक्षेपण गरिएको छ । शुक्रबार, शनिबार र आइतबार तीन दिनमा फिल्मले २ करोड ९६ लाख कमाएको थियो ।

विकडेजमा दैनिक कमाइ ५० लाख हारहारीमा देखिएको छ । बलियो ‘वर्ड अफ माउथ’को कारण शुक्रबार र शनिबार पनि फिल्मलको कमाइमा बढोत्तरी हुने विश्लेषण छ ।

वर्ष २०७९ मा ‘स्पाइडरम्यान : नो वे होम’ले नेपालमा ७ करोड ३० लाखको लाइफटाइम कलेक्सन गरेको थियो । ‘डक्टर स्ट्रेन्ज २’ले चार करोडभन्दा बढी कमाइ गरेको थियो ।

हलिउड स्टुडियो डिज्नेले आइतबारसम्मको कमाइ सार्वजनिक गरेको जसमा तीन दिनमा फिल्मले विश्वब्यापी ४४१.६ मिलियन डलर कमाएको उल्लेख छ ।

चीनमा भने फिल्मले अपेक्षित कमाइ गर्न सकेको छैन । कोभिड-१९ महामारीको कारण चीनले अहिले पनि कतिपय क्षेत्रमा बन्द कायमै राखेको छ ।

फिल्मले आइतबारसम्म भारतमा १२९ करोड कमाइ गरेको तरण आदर्शले उल्लेख गरेका छन् ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *