अर्गानिक वातावरण र प्राविधि मैत्री खेती गर्नुपर्छ: शिव कुमार साह
By YOUTV
४ वर्ष अगाडि
Comments: 0

किसानी प्रयास: पर्यावरणीय कृषि उत्पादन अभ्यास सम्बन्धी समुदायस्तरको संवाद कार्यक्रम सखुवा प्रसौनी गाउँपालिकाका ५ नं. वडा महुवन स्वास्थ्य चौकीको सभा हलमा सम्पन्न भएको छ । एक्सन एड नेपालको सहयोगमा राष्ट्रिय कृषक समूह महासंघ नेपालले आयोजना गरेको कार्यक्रमका सहभागिले कृषिमा प्रयोग भइरहेको रसायनीक पदार्थको प्रयोगले जमिन, हावा र पानी प्रदुसीत भएको भन्दै पर्यावरणीय कृषि उत्पादन अभ्यास सुरु गर्नुपर्ने कथा सुनाएका छन ।
सखुवा प्रसौनी गाउँपालिकाका कृषि शाखा प्रमुख दायाराम वागलेको अनुसार ‘विषादीको खपत कति छ भनेर हेर्न एग्रोभेट पसल अघि केहीबेर उभिदाँ थाहा हुन्छ।’ कुन रोगलाई के विषादी कति प्रयोग गर्ने भन्ने सामान्यज्ञान नभएका किसानले खेत बारीमा प्रयोग गरिरहेको विषादीको कारण पर्यावरणिय कृषिको अभ्यास संकटमा परेको उनको बुझाई छ ।
पर्यावरणमैत्री खेतीका लागि विषादी र रसायनीक पदार्थको प्रयोगले कृषि अप्ठ्यारोमा पर्दै गएको कृषक रामबाबु साह कथा सुनाउछन् । उनी भन्छन् ‘अर्गानिक कृषिको यात्रा सहज छैन।’ उनको गुनासो छ ‘तीनै तहको सरकारले समेत अर्गानिक खेतीलाई अपनाउने तर्फ किसानलाई सहयोग गर्न सकेनन् ।
सखुवा प्रसौनी गाउँपालिका कृषि शाखाकी प्रतिनिधि कृषि प्राविधिक अनजली कुमारीले अहिले पनि पालिका क्षेत्रमा विषादीको प्रयोग उच्च रहेको बताईन् । उनले विषादी नियन्त्रण गरेर पर्यावरणिय कृषि उत्पादन बढाउन सके कृषिको दिगो विकासमा सहयोग पुग्ने बताइन् ।
एक्सन ऐड नेपालले राष्ट्रिय तथा स्थानीय सरकारको नीति तथा पैरवी मार्फत पर्यावरणीय कृषिको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । विद्यमान खेती प्रणालीलाई थप दिगो खेती, विशेषगरी अर्गानिक वातावरण र प्राविधि मैत्री कृषि खेतीतर्फ रूपान्तरण गर्न साना किसानहरूसँग मिलेर काम गरिरहेको राष्ट्रिय कृषक समूह महासंघ नेपालका संगठन परिचालन समिति सदस्य शिव कुमार साहले बताए ।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल र एक्सन एड इन्टरनेशनल नेपालको पर्यावरणीय कृषिमा भएका नीति, बजेट र कार्यान्वयनको अवस्था विश्लेषण, समूदाय तहमा परामर्श र राष्ट्रियस्तरमा नीतिगत संवादलाई अगाडी बढाउन गइरहेको छ । सामुदाय तहमा परामर्श गरी कथा सङ्कलन गर्नका लागि सातै प्रदेशका ४८ वटा पालिकामा सञ्चालन भइरहेको कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकामा पनि संवाद कार्यक्रम सम्पन्न भएको साहले बताए।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि