Image

अमेरिकाले रुसलाई खर्बौ रुपैयाँ तिरिरहेकाे खुलासा

वाशिंगटन डिसी, ३ असार । रुस–युक्रेन युद्ध एक वर्षभन्दा बढी समयदेखि चलिरहेको छ तर दुवै देश हार मान्न तयार छैनन् । यस्तो अवस्थामा अमेरिकालगायत धेरै देश युक्रेनको साथमा छन् । रुसप्रति आक्रोश व्यक्त गर्न अमेरिकाले जीवाश्मा इन्धन खरिद बन्द गरेको थियो । 

तर, यसैबीच, अमेरिकाले रुसको आणविक एजेन्सीबाट हरेक वर्ष करिब १ अर्ब डलर ( एक खर्ब ३० अर्ब)  बराबरको इन्धन खरिद गरिरहेको एउटा चकित पार्ने मिडिया रिपोर्ट आएको छ ।

आणविक उर्जामा अमेरिकाको परनिर्भरता पहिलेको भन्दा बढ्दै गएको तथ्यांकले देखाउँदै लगेको छ किनभने अमेरिकामा कुनै पनि कम्पनीले युरेनियम उत्पादन गर्दैन । त्यसैले अमेरिका रुससँग सम्झौता गर्न बाध्य छ ।

वास्तवमा अमेरिकाले युरेनियमको प्रवर्द्धन र उत्पादन पूर्ण रूपमा रोकेको छ । यसतर्फ उसले कहिल्यै ध्यान दिएनन् । तर अब यसका कारण उसले रुससँग सम्झौता गर्नुपरेको छ । रुस र युक्रेनबीच युद्ध सुरु हुँदा अमेरिका र युरोपले धेरै प्रतिबन्धहरू लगाएका थिए । अमेरिकाले रुसबाट जीवाश्म इन्धन किन्न बन्द गर्ने निर्णय गरेको छ र यो निर्णयमा अडिग रहेको छ । तर, जब युरेनियमको कुरा आयो, अमेरिकाले रुससँग सम्झौता गर्नुपर्‍यो। यो सम्झौता नभएमा  अमेरिका आफैं समस्यामा पर्ने बताइन्छ ।

विज्ञहरूका अनुसार अमेरिका र युरोपलाई युरेनियम उत्पादनमा आत्मनिर्भर बन्न एक वर्ष लाग्न सक्छ । विशेष कुरा के छ भने अमेरिका र युरोपेली देश मात्रै होइन, विश्वका करिब एक दर्जन देश आफ्ना आधाभन्दा बढी ऊर्जा कम्पनी सञ्चालनमा युरेनियमका लागि रुसमाथि निर्भर छन् । रूसी आणविक एजेन्सीले युक्रेनमा जापोरिझिया आणविक उर्जा प्लान्टको पनि कमाण्ड गर्दछ।

रोसाटमको सहायक कम्पनीहरूलाई युरेनियमकाे भुक्तानी गर्दछ । अमेरिकामा प्रयोग हुने युरेनियमको करिब एक तिहाइ अहिले विश्वकै सस्तो उत्पादक रुसबाट आयात गरिन्छ। बाँकी अधिकांश युरोपबाट आयात गरिन्छ। ओहायो प्लान्ट सञ्चालन गर्ने एक कम्पनीका अनुसार रोसाटमसँग प्रतिस्पर्धा गर्न अमेरिकालाइ एक दशकभन्दा बढी समय लाग्ने बताएको छ ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ४ हप्ता अगाडि

अघिल्लो निर्वाचनको रेकर्ड ब्रेक गर्दै मस्कले ट्रम्पका लागि गरे २६ सय कराेड बढी खर्च

वासिङटन डिसी, २८ असोज। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई मध्यावधि निर्वाचनमा विजयी हुन सघाउन…

ByByanjana soni ४ हप्ता अगाडि

पोपको सफल शल्यक्रिया: फोक्सोको क्यान्सर पुष्टि

पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर पुष्टि, शल्यक्रिया सफल भ्याटिकन सिटी, २८ असोज । पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर…

ByByanjana soni ४ हप्ता अगाडि

मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता रयान राणा मगरले बैंकक, थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्ने

  ​काठमाडौँ, नेपाल — नेपाली प्रतिभा र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्रममा ‘मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *