Image

अभिनयबाट ब्रेक लिँदै स्पाइडर मेन अभिनेता हलेण्ड

लसएन्जल्स, २६ जेठ । हलिउड अभिनेता टम हलेण्डले अभिनयबाट ब्रेक लिने निर्णय लिएका छन् । ‘स्पाइडर मेन’ फेम्ड अभिनेता टमले सिरिज ‘द क्राउडेड रुम’को काम पुरा गरेपछि एक वर्षका लागि अभिनयबाट ब्रेक लिने घोषणा गरेका हुन् । उनले ब्रेक लिने कारण पनि बताएका छन् ।

उनले सिरिजमा निकै मेहनत गरेको र त्यो काम गर्नु आफ्ना लागि चुनौतीपूर्ण रहेको उल्लेख गरेका छन् । यो सिरिज गत जुन ९, २०२३ मा एप्पल टिभीमा रिलिज भएको थियो ।

२७ वर्षे टम यो सिरिजका निर्माता पनि हुन् । ‘मलाई यो सिरिजमा अभिनय र निर्माण गर्दा दबाब थप बढ्यो । त्यसकारण पनि केही समयका लागि ब्रेक लिने निर्णय लिएँ’, उनले भनेका छन् ।

सिरिजमा उनले डेनी सुलिवनको भूमिका निभाएका छन् । यो सिरिजले मानसिक बिरामीबाट पीडित भए पनि सफल जीवन बाँच्नका लागि संघर्षरत व्यक्तिहरुको प्रेरणादायी कथा प्रस्तुत गरेको छ ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ४ हप्ता अगाडि

अघिल्लो निर्वाचनको रेकर्ड ब्रेक गर्दै मस्कले ट्रम्पका लागि गरे २६ सय कराेड बढी खर्च

वासिङटन डिसी, २८ असोज। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई मध्यावधि निर्वाचनमा विजयी हुन सघाउन…

ByByanjana soni ४ हप्ता अगाडि

पोपको सफल शल्यक्रिया: फोक्सोको क्यान्सर पुष्टि

पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर पुष्टि, शल्यक्रिया सफल भ्याटिकन सिटी, २८ असोज । पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर…

ByByanjana soni ४ हप्ता अगाडि

मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता रयान राणा मगरले बैंकक, थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्ने

  ​काठमाडौँ, नेपाल — नेपाली प्रतिभा र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्रममा ‘मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *