अफ्रिकी मुलुक बुर्किना फासोको सुनखानीमा विस्फोट, ६० जनाको मृत्यु
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं। फागुन ११ गते
अफ्रिकीमा सुनखानीमा विस्फोट हुँदा ६० जनाको मृत्यु भएको छ। अफ्रिकी देश बुर्किना फासोको एकबुर्किना फासोको दक्षिण–पश्चिम गाउँ नजिकै रहेको सुनखानी क्षेत्रमा विस्फोट भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
खानी क्षेत्रमा भण्डारण गरिएको डाइनामाइटमा आगलागी भएपछि विस्फोट भएको हो।खानी क्षेत्र नजिकैको बजार क्षेत्रमा विस्फोटले ठूलो क्षति गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। घाइते भएकाहरुको नजिकका अस्पतालमा उपचार भइरहेको छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि