• Home
  • ताजा समाचार
  • अन्य मुलुकका समान संसदीय समितिको अध्ययन र निर्णय निर्माण प्रकृयाको आदानप्रदान, अन्तर संसदीय अन्तर्कृया तथा छलफल
Image

अन्य मुलुकका समान संसदीय समितिको अध्ययन र निर्णय निर्माण प्रकृयाको आदानप्रदान, अन्तर संसदीय अन्तर्कृया तथा छलफल

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादव र युरोपियन युनियन–इन्टर पेयर्स पार्लियामेन्ट्स इन पार्टनरशिपका कार्यक्रम प्रमुख सहितको टोलीको भेटवार्ता भएको छ । भेटमा समितिका सदस्यहरु सम्झना थपलिया र हरिप्रसाद उप्रेतीसमेत सहभागी रहेका थिए ।

समितिको सभाकक्षमा भएको सो भेटवार्तामा सभापति यादवले इन्टर पेयर्स/पार्लियामेन्ट्स इन पार्टनरशिपका सदस्यहरु जोनाथन मर्फी,एन्ड्रिया वुल्फ र कार्लोटा भियाग्गियोलाई सभाकक्षमा स्वागत गरेका थिए ।

इन्टर पेयर्सका कार्यक्रम प्रमुख मर्फीले समान रुपका संसदसँग सहकार्य मार्फत संसद र सचिवालयको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसाथ इन्टर पेयर्स सन् २०१९ देखि स्थापित भएको र विश्वका १८ वटा संसदसँग सहकार्य गरिरहेको उल्लेख गर्दै एसियाका भुटान, माल्दिभ्स र मलेसियाको संसदमा काम गरिरहेको र नेपालको संसदले गरेको न्यानो आतिथ्यताको प्रशंसा गरे । साथै नेपालसँग सहकार्यका क्षेत्र के के हुन सक्छन् सो को खोजीका लागि उपस्थित रहेको जनाए ।

सभापति यादवले नेपालको परराष्ट्र नीति सन्तुलित रहनुपर्ने, नेपालमा संघीयता राजनीतिक उपलब्धिका रुपमा रहेको र यस उपलब्धिलाई संस्थागत गर्दै कार्यान्वयनमा लैजाने कार्य चुनौतीपूर्ण रहेको, युवापुस्ता वर्तमान प्रणालीप्रति निराश रहेको कुरा औल्याउँदै समितिको कार्यक्षेत्र अन्तर्गतका विषयहरुमा नीतिगत अनुसन्धान गर्न आवश्यक रहेको तर पर्याप्त श्रोतसाधनको अभाव रहेको जनाए ।

अन्य मुलुकका समान संसदीय समितिको अध्ययन र निर्णय निर्माण प्रकृयाको आदानप्रदान, अन्तर संसदीय अन्तर्कृया तथा छलफल
,

संसदीय आदानप्रदान कार्यक्रम, अन्य देशका संसद र संसदीय गतिविधिको अवलोकन भ्रमण हुनुपर्नेसमेत उल्लेख गरे ।

सोही क्रममा एन्ड्रिया वुल्फ, सिनियर पार्टनरशिप र एमएन्डई एक्सपर्टको समितिले काम गरिरहँदा देखिएका समस्या के कस्ता छन् र इन्टर पेयर्ससँग के कस्ता अपेक्षा छन् भन्ने प्रश्न गरिरहँदा समिति सचिवालयमा चुस्त कर्मचारीहरु रहेका तर श्रोत साधनका आभावमा पूर्ण क्षमतामा काम गर्न नसकेका उल्लेख गर्दै यादवले समितिका उपसचिव गोपाल सिग्देललाई सचिवालय सम्बन्धी विषयहरु प्रस्तुत गर्न दिएको समयमा उपसचिवले कर्मचारीलाई तालिम, विधेयक निर्माण तथा विधेयकको प्रतिवेदन, सरकारको नीति तथा कार्यक्रमहरुको निगरानी/अनुगमन, संसदीय प्रभावकारीता अभिबृद्धिका लागि अनुसन्धानको महत्व रहने उल्लेख गर्दै सो कार्यका लागि थप कर्मचारी र भइरहेका कर्मचारीहरुको क्षमता विकास, ईन्टर्नशिप कार्यक्रम साथै कर्मचारीहरुको उत्प्रेरणा र मनोवल अभिवृद्धिका लागि सहकार्य गर्नुपर्ने उल्लेख गरे ।

अन्त्यमा यादवले इन्टर पेयर्सको टोलीलाई धन्यवाद दिँदै सहकार्यका विषयहरुमा थप छलफल गर्दै जाने विषय उल्लेख गरे ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni ३ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni २ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *