• Home
  • खेलकुद
  • अन्तिम बलमा छक्का प्रहार गर्दै लुम्बिनीकाे राेमाञ्चक जित, पाेखराकाे लगातार तेस्राे हार
Image

अन्तिम बलमा छक्का प्रहार गर्दै लुम्बिनीकाे राेमाञ्चक जित, पाेखराकाे लगातार तेस्राे हार

काठमाण्डाै पुस १२

नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा लुम्बिनी अल स्टार्सले राेमाञ्चक जित निकालेकाे छ । अन्तिम बलमा छक्का प्रहार गर्दै लुम्बिनीले पाेखरा एभेन्जर्समाथि तीन विकेटकाे राेमाञ्चक जित निकालेकाे हाे ।

पाेखराले दिएकाे एक सय ३४ रनकाे लक्ष्य लुम्बिनीले अन्तिम बलमा छक्का प्रहार गर्दै भेटायाे । लुम्बिनीका लागि दक्षिण अफ्रिकाका अलराउन्डर श्याडली भान स्खलक्विकले अन्तिम बलमा छक्का प्रहार गर्दै ११ बलमा ३१ रन बनाए । यस्तै कुशल भुर्तेलले ३९ रन बनाए । बलिङतर्फ पाेखराका विपीन खत्री र कुशल मल्लले दुई/दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पाेखराले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय ३३ रन बनायाे । पाेखराका लागि कुशल मल्लले ६१ र श्रीलङ्काका उपुल थराङ्गाले ४२ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका अलराउन्डर स्खलक्विकले तीन विकेट लिए । 

लुम्बिनी लगातार तेस्राे खेल जित्दै अङ्क तालिकाकाे शीर्ष स्थानमा छ भने लगातार तेस्राे खेल हारेकाे पाेखरा तालिकाकाे पुछारमा छ । 

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १६ घण्टा अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १८ घण्टा अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ३ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *