Image

अन्तर्वार्ता- निर्वाचनमा सत्ता र शक्तिले काम गर्दैन : थापा

रुपन्देही-३ लाई यतिबेला देश विदेशमा रहेका नेपालीले विशेष महत्वका साथ हेरिरहेका छन् । स्थानीयतासँगै देश विदेशसम्म राम्रो पहुँच भएका भैरहवाका स्थानीय बासिन्दा समेत रहेका एमाले, राप्रपा र जसपाबाट साझा उम्मेदवार बनेका दीपक बोहोरा र मणिग्राम घर भएका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपाको गठबन्धनका उम्मेदवार बालकृष्ण खाणबीच प्रतिस्पर्धा हुने भएकाले याे क्षेत्र अन्यभन्दा बढी नै चर्चामा छ ।

यसै सन्दर्भमा तीन दलीय तालमेलका उम्मेदवार पाँच दलीय गठबन्धनभन्दा कसरी बलियो छ ? निर्वाचन जित्ने आधार के छन् भनि एमाले, राप्रपा, जसपा तालमेलको संयुक्त निर्वाचन परिचालन कमिटी रुपन्देही-३ का संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य स्वाती थापासँग गरिएको कुराकानी : 

रुपन्देही-३ काे निर्वाचनलाई विशेष नजरमा हेरिएकाे छ । बहालवाला गृहमन्त्री खाणलाई तपाईहरूको उम्मेदवार दीपक बोहोराले जित्ने आधार  के हुन् ?
निर्वाचनमा सत्ता र शक्तिले काम गर्दैन । जित हार त जनताको हातमा हुन्छ । विगतमा बहालवाला गृहमन्त्री मात्रै होइन वहालवाला प्रधानमन्त्री समेतलाई नेपाली जनताले हराएका छन् ।

खाणजी पटक पटक मन्त्री हुनुभयो, यतिबेला राज्यको शक्तिसाली मन्त्री पनि हुनुहुन्छ । म उहाँले भैरहवा, सेमलार, अमुवा, फर्साटिकरको लागि के गर्नुभयो ? भैरहवा विमानस्थलकाे समस्या समाधान भएकाे छैन् । भारतसँग रुट स्वीकृतिको लागि उहाँले संसद र मन्त्री परिषद्मा कति पहल गर्नुभयो, सिमावारीका व्यापारी पसल नचलेर माखा धपाउँदै बसेका छन्, भाडा तिर्न सकेका छैनन् तर चोरी तस्करी खुलमखुला छ। चोरी तस्करी रोकेर सीमावारीका व्यापारीलाई सहयोग गर्न गृहमन्त्री खाणलाई कसलाई रोकेको छ ? उद्योगी व्यवसायी सडक आन्दोलनमा छन् ती व्यवसायीको राहतको लागि बैंकिंक ब्याजदर घटाउन उहाँले मन्त्रीपरिषद्मा वा गर्भनरसँग कति पटक छलफल गर्नुभयो ? अहिले नै उहाँले धेरै काम गर्नुहुन्थ्यो तर अहिले केही नगर्ने अनि निर्वाचन जिताउनुस् म यसो गर्छु, उसो गर्छु भनेर गाउँगाउँमा ललीपप बाड्दै हिड्ने गृहमन्त्रीलाई सबैले चिनिसकेका छन् ।

रह्यो हाम्रो उम्मेदवारको बारे । बोहोराजी पाँच दशकदेखि रुपन्देहीकै राजनीतिमा सक्रिय हुनुहुन्छ, उहाँले नचिनेको घर, उहाँलाई नचिन्ने मान्छे यस क्षेत्रमा सायदै होलान् । यसैले रैथाने नेताको रुपमा परिचित बोहोराको जीत सुनिश्चित छ । 

रैथाने नेता भनेर के भन्न खोज्नुभएको ?
बोहोरा र भैरहवा पर्याबाची भन्दा पनि हुन्छ । उनले ३० को दशकदेखि यहाँको बाटोघाटो, बिजुली, स्कुल, स्वास्थ्य चौकी, अस्पताल, धार्मिक तथा सामाजिक संघसंस्था निर्माण र संरक्षणमा काम गरिरहेका छन् । खाणजीकाे त मतदाता नामावली समेत रुपन्देही-३ मा छैन । उहाँ कहिले कता, कहिले कता निर्वाचनमा चुनाव लड्दै हिड्नुहुनछ । अहिले पिन चुनावका लागि भनेर भैरहवाको प्रभातपथमा डेरा लिनु भएको छ रे । भैरहवाबासीले डेरावालाई बिदाई गर्ने छन्  । 

रुपन्देही विकामा बोहोराकाे के याेगदान ? 
यहाँका हरेक योजनामा बोहोराको पहलकद्मी छ । अहिले चलिरहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बेलहिया-बुटवल ६ लेन सडक, बेथरी–तामनगर निर्माणाधीन सडक, भैरहवा–परासी सडक, भैरहवा-लुम्बिनी तिलौराकोट सडक जस्ता गौरवका आयोजना हेरे पुग्छ । ०४२ सालताका भैलुभुज आयोजना रुपन्देहीमा ल्याएर समग्र जिल्लाको खेतलाई सिँचित गर्ने, गाउँगाउँमा विद्युतीकरण, गाउँगाउँमा सडक सन्जाल विस्तारमा उहाँकाे याेगदान छ । 

जितको आधार के छ ?
जितको मुख्य आधार हाम्रो संयुक्त प्रतिबद्धता हो । हाम्रो क्षेत्र, जिल्ला, प्रदेश र सिंगो देशका जनताको जिवनस्तर कसरी उकास्ने भन्ने विषयमा दशकौंदेखि योजना, नीति र छलफल चलाएर अगाडी बढेका राष्ट्रवादी शक्तिहरूको तालमेल र जनविश्वास नै हाम्रो जितको आधार हो । अर्कोतर्फ गणीतिय हिसाबले पनि जितिसकेका छौं । तिन वटै मुख्य पार्टी एकै ठाउँ भएपछि परिणाम झन सशक्त भएको छ । दोब्बर मतले जित्दैछौं ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ दिन अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni २ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *