• Home
  • ताजा समाचार
  • अनुदान मल वितरक खारेजी निर्णय कार्यान्वन नगर्न बर्दिबास नगरपालिकालाई उच्च अदालतकाे आदेश
Image

अनुदान मल वितरक खारेजी निर्णय कार्यान्वन नगर्न बर्दिबास नगरपालिकालाई उच्च अदालतकाे आदेश

महोत्तरी, २ भदौ  

बर्दिबास नगरपालिकाले अनुदानकाे मल वितरक खारेज गर्ने निर्णयविरुद्ध उच्चअदालत जनकपुरले उत्प्रेषण परमादेश जारी गरेको छ । मल वितरक खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आज उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको हो ।

आव २०७७/७८ मा तत्कालिन स्थानीय सरकारले  नियुक्त गरेका वितरकहरूलाई खारेज गर्ने निर्णय गर्दै मल बिक्रेताको लागि पुन: निवेदन दिन नगरले सूचना निकालेको थियो  ।

नगरपालिकाले मल वितरकहरूलाई राजनैतिक पूर्वाग्राही ढङ्गले हटाएको आरोप लागिरहेको वेला उच्च अदालतले जारी गरेको आदेशले पुराना मल वितरकहरूलाई राहत मिलेको छ । 

२९ साउनमा कार्यापालिकाको निर्णय र ३० साउनमा वितरकहरूको लागि निकालिएको सूचना यथावत राख्न अदालतले आदेश जारी गरेको हो । न्यायाधीश  रेखा थापा पाण्डेको इजलासबाट जारी उक्त आदेशमा ५ असोजमा पक्ष र विपक्ष दुवै पक्षलाई अदालतमा उपस्थित हुन आग्रह गरिएको छ ।

उक्त उत्प्रेषण परमादेश जारी हुनुभन्दा पहिला अधिवक्ता मुकेश कार्कीले बहस गरेका थिए ।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १६ घण्टा अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १८ घण्टा अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ३ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *