• Home
  • ताजा समाचार
  • अनिवार्य काेराेना परीक्षणको विषयलाई लिएर चीन र अरु केही देशबीच मतभेद
Image

अनिवार्य काेराेना परीक्षणको विषयलाई लिएर चीन र अरु केही देशबीच मतभेद

काठमाण्डाै  पुस २०

चीनले आफ्नो देशका यात्रुलाई अनिवार्य काेराेना परीक्षण तथा आगमनमा प्रतिबन्धलाई लिएर असन्तुष्टि जनाएको छ ।

अरु केही देशले काेराेना परीक्षणलाई आधार बनाएर यात्रुको आगमनमा प्रतिबन्ध लगाउन गरेको निर्णय राजनीतिक रुपमा पूर्वाग्रही रहेको चीन सरकारले जनाएको छ । अमेरिका, भारत र बेलायतसहित केही देशले चीनबाट आउने यात्रुका हकमा अनिवार्य काेराेना परीक्षण गराउनुपर्ने नियम लागू गरेका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङ्गले महामारी नियन्त्रणका नाममा अन्यथा गर्ने र राजनीतिक उद्देश्यका लागि कदम चाल्ने प्रयासको चीनले विरोध गर्ने तथा जवाफी कदम चाल्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

काेराेनासम्बन्धी विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदायसँग बेइजिङको मतभेद देखिएको यो पहिलो पटक भने होइन । काेराेनासम्बन्धी प्रतिबन्धात्मक नियम खुकुलो पारेपछि चीनमा अहिले कोरोनाभाइरस सङ्क्रमण बढ्दो छ । विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले चीनलाई सङ्क्रमणको वास्तविक तथ्याङ्क उपलब्ध गराउन आग्रह गर्दै आएको छ । 

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni २३ घण्टा अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *