• Home
  • Uncategorized
  • अनलाइन स्क्याम बढ्दै, सर्वसाधारणलाई सतर्क रहन राष्ट्र बैंक वीरगञ्जको आग्रह
Image

अनलाइन स्क्याम बढ्दै, सर्वसाधारणलाई सतर्क रहन राष्ट्र बैंक वीरगञ्जको आग्रह

वीरगञ्ज – डिजिटल कारोबार, अनलाइन पेमेंट र सामाजिक सञ्जालमार्फत हुने ठगीका घटनामा हाल तीव्र वृद्धि भएको नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयले जानकारी दिएको छ। बैंकले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक सुशिल पौडेलले सामाजिक सञ्जालमा ‘इनभेष्टमेन्ट स्किम’ नामका धोखाधडीबाट सर्वसाधारण सर्वाधिक प्रभावित भएको बताए।

उनका अनुसार ठगी समूहले पहिलो चरणमा मैत्रीपूर्ण संवादमार्फत आत्मीयता बढाउने, त्यसपछि बन्द समूह वा च्यानलमा जोडेर ठूलो रकम लगानी गर्न प्रलोभन देखाउने क्रम बढ्दो छ । धेरैजसो यस्ता प्लेटफर्म अटो–डिलिट हुने भएकाले प्रमाण संकलन कठिन हुने उनले उल्लेख गरे।

पौडेलले पढे–लेखेका व्यक्तिसमेत लाखौं रुपैयाँ ठगीमा परेका घटना राष्ट्र बैंकमा दर्ता भएको जानकारी दिँदै अज्ञानता, लोभ र भय नै ठगीका प्रमुख आधार भएको बताए। दर्ता नभएका कम्पनी, व्यक्ति वा अनपहिचान च्यानलमा गरिएको लगानी सुरक्षित नहुने चेतावनी पनि उनले दिए।

डिजिटल मनी तथा इन्टरनेट बैंकिङ प्रयोग गर्दा आधारभूत सुरक्षा उपाय अनिवार्य रूपमा अपनाउनुपर्नेमा जोड दिंदै उनले शंकास्पद लिंक, म्यासेज र अफरबाट जोगिन सर्वसाधारणलाई आग्रह गरे।

राष्ट्र बैंकले चाँडै वीरगंजमै ‘गुनासो सुनुवाइ इकाइ’ स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिँदै उनले ठगी परेमा तुरुन्तै खाता रहेको बैंक र अनुसन्धान निकायमा उजुरी दिन आग्रह गरे। धेरै स्क्याम विदेशी नेटवर्कमार्फत सञ्चालन भई रकम आपराधिक खातामा सारिने गरेको पनि उनले बताए।

कार्यक्रममा उपनिर्देशक अभियान उपाध्यायले डिजिटल पहुँच बढे पनि डिजिटल साक्षरता कमजोर रहेकाले ठगीको जोखिम बढेको बताए। डिजिटल सचेतना नबढेसम्म यस्ता अपराध थामिन कठिन हुने अभिमत उनले प्रकट गरे।

बैंकका अधिकारीहरूले डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोग, लगानीअघि अनिवार्य जाँच–पड्ताल, KYC नियमित अपडेट तथा अनधिकृत लिंक–सन्देशबाट उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ३ हप्ता अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal २ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ८ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ८ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *