Trending

९.८७ अंकले बढ्यो सेयर बजार

795Views
0 Shares

काठमाडौँ। साताको अन्तिम दिन बजारमा आज भने करिब १० अंकले वृृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९.८७ अंकले बढेर १,८६० दशमलव २० को विन्दुमा कायम भएको छ । आज १६१ कम्पनीको शेयर मूल्य बढेको छ भने ६७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज मायक्रोफाइनान्स र अन्य उपसूचक बाहेक सबै उपसमुह बढेका छन् । आज दिनभरिमा २९२ कम्पनीको ४४ लाख २० हजार ५१८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको १३ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज यस कम्पनीले लाभांश घोषणा गरेको थियो । आज यस कम्पनीले लाभांश घोषणामा नगद लाभांश मात्रै वितरण गर्ने निर्णय गरेसँगै लगानीकर्ता निराश भइ शेयर मूलय घटेको हो । आज यस कम्पनकिो शेयर मूलय ४६ रुपैयाँले घटेको हो ।

आज सोनापुर मिनरल्सको ९ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा जिआइसी इन्स्योरेन्सको ५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफ इन्स्योरेन्सको ५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बुद्धभुमी नेपालका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका हुन् । थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशलमव ५८ प्रतिशतका दरले कमाएका छन् । सिक्लेस हाइड्रोका लगानकिर्ताले ८ दशलमव ५४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नविल बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कमपनीका लगानीकर्ताले ८ दशलमव २० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय