७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।
By anjana soni
७ दिन अगाडि
Comments: 0
चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम उद्घाटन भएको हो। तालिमका प्रमुख अतिथि वडा अध्यक्ष हिराकाजी महर्जनले आफ्नो वडाका बिधार्थी भाइ बहिनीहरु क्षमता अभिबृद्धि विकास संगै आर्यआर्जन समेत टेवा पुगने उदेश्यले तालिम आयोजना गरेको बताए। बर्तमान समयमा कम्प्युटर प्रबिधिको महत्व सम्पुर्ण निकायमा रहेकोले उत्त सीपबाट आफ्नो व्यपार ब्यबसायमा प्रयोग वा रोजगार गर्न मद्दत पुग्ने भएकोले तालिमलाइ निरन्तरता दिदै सिक्न र सिकेका सीपलाइ ब्यवहारमा ल्याउन वडा अध्यक्ष महर्जनले आग्रह गर्नु भएको थियो।
आजका जेनजी युवाहरुलाई दक्ष बनाउने जिम्मेबारी स्थानिय तहबाट भयो,भने बेरोजगार समस्या न्युनिकरण हुने तर्क प्रतिज्ञा बैधले राख्नुभएको थियो ।तालिम उद्घाटन समारोहमा समाजिक बिकास महाशाखा प्रमुख प्रतिज्ञा बैध,वडा सचिव घनश्याम प्रसाद कुर्मी,कम्प्युटर अपरेटर खोभारी यादव,स.सचिव संध्या मिश्र ,वडा सदस्य काशी साह तुरहा,दिपेन्द्र साह कानु,सुशिता रायमाझी,पुनम देवी,राम रायमाझी,वडा कम्प्युटर अपरेटर मो.समीर तालिम प्रशिक्षक बंशीधर गुप्ता,अभिजित चौधरी र आदित्य साह लगायत तालिममा २५ जना विधार्थीहरुको सहभागीता रहेको थियो।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि