Trending

५ न. वडाका युवा युवतीहरुलाई लोक सेवा तथा कम्प्युटर तालिम उद्घाटन ।

880Views
5 Shares

फाल्गुन
सीप सिकौं,रोजगार गरौं भन्ने मुल नाराका साथ २ महिने (१८० घन्टे) लोक सेवा तथा कम्प्युटर तालिम आज उद्घाटन भएको छ। बीरगंज महानगरपालिका ५न. वडा कार्यालयको आयोजना र यु डी बाइ सेफ कम्प्युटर एजुकेशन बीरगंजको सहयोगमा सो तालिम दिप प्रज्वलन गरी समुद्घाटन भएको हो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि समाजसेवी अन्नपुर्णा मानन्धरज्युको आतिथ्यमा वडाका युवा युवतीहरुलाई सरकारी निकायमा रोजगारीको लागी एक मात्र माध्यम लोक सेवा आयोग भएकोले तैयारी कक्षालाइ निरन्तरता दिदै पढ्न आग्रह गरेका थिइन। वडा अध्यक्ष प्रदिप चौरसियाले सह्भागीहरुलाई ५ न. वडा हाम्रो नमुना वडा रहेकोले प्रत्येक बर्ष झै सीप बिकास तथा क्षमता अभिबृद्धि कार्यक्रमलाइ निरन्तरताको साथ युवा बर्गहरुमा आर्यआर्जनमा टेवा पुगोस भन्ने उदेश्यका साथ उत्त तालिम आयोजना गरेकोले तालिमबाट सिकेका सीपलाइ ब्यवहारमा ल्याउन आफु हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता ब्यत्त गर्नु भएको थियो।तालिमको समुद्घाटन समारोहमा वडा सचिव अरुण बस्नेत ,वडा सदस्य रुस्तम अली ,मनोज कुमार साह, मंजु परियार,प्रेरणा श्रेष्ठ, प्रशिक्षक श्याम बिनय चौधरी,बंशीधर गुप्ता लगायत निजामती कर्मचारीहरुले प्रशिक्षकको रुपमा प्रशिक्षण दिनुहुनेछ ।तालिममा ३० जना वडाका युवा युवती सहभागीहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
13°
Clear
7:07 am5:53 pm +0545
Feels like: 12°C
Wind: 8km/h WNW
Humidity: 81%
Pressure: 1013.21mbar
UV index: 0
11 pm12 am1 am2 am3 am
11°C
11°C
10°C
10°C
10°C
SatSunMonTueWed
22°C / 7°C
21°C / 8°C
22°C / 8°C
23°C / 10°C
24°C / 10°C

प्रिय न्युज


लोकप्रिय