हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

2.5kViews
10 Shares

काठमाडौं । हिमालयन बैंक लिमिटेडले १३ लाख २७ हजार ८ सय ६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।बैंकले मंगलबार सूचना प्रकाशन गरेर ८ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको छ ।

सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागिमात्रै खरिद आवेदन दिन सक्नेछन् । सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

इच्छुक संस्थापक सेयरधनीहरूले काठमाडौं कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानुन तथा सेयर विभागमा आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्नेछ ।

संस्थापक सेयरहरूको मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले रहेकाले मूल्यसम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न बैंकको आग्रह छ ।बैंकका अनुसार तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
12°
Clear
6:57 am6:08 pm +0545
Feels like: 12°C
Wind: 6km/h NW
Humidity: 86%
Pressure: 1010.84mbar
UV index: 0
7 am8 am9 am10 am11 am
13°C
15°C
18°C
22°C
25°C
ThuFriSatSunMon
26°C / 9°C
26°C / 9°C
26°C / 10°C
27°C / 12°C
28°C / 11°C

प्रिय न्युज


लोकप्रिय