• Home
  • देश
  • हराएको बालिका फेला पारिएपछि सुरक्षित रूपमा अभिभावकको जिम्मा लगाइयो
Image

हराएको बालिका फेला पारिएपछि सुरक्षित रूपमा अभिभावकको जिम्मा लगाइयो

मिति २०८१/०९/२० गते धनुषा जिल्लाको जनकपुर उप-महानगरपालिका वडा नं. ०१ स्थितबाट हराएकी ४ वर्ष १५ दिनकी बालिका ओजिहा खातुनलाई खोजतलास गरी सुरक्षित रूपमा अभिभावकलाई जिम्मा लगाइएको छ। बालिका भारतका जकाउला सेखकी छोरी हुन्।

बालिका हराएको सूचना पाएपछि धनुषा प्रहरीले तत्काल खोजतलास प्रक्रिया सुरु गरेको थियो। खोजीकार्यको क्रममा ऐ. बिहान १०:३० बजेको समयमा जनकपुर उप-महानगरपालिका वडा नं. ०४ स्थित जिल्ला प्रशासन कार्यालयको नजिक बालिकालाई फेला पारिएको हो।

बालिकाको अवस्था सामान्य रहेको पुष्टि भएपछि उनलाई उनका अभिभावक जकाउला सेखलाई जिम्मा लगाइएको छ। अभिभावकले प्रहरी प्रशासन र खोजतलासमा सहयोग गर्ने सबै पक्षप्रति कृतज्ञता व्यक्त गरेका छन्।

प्रहरीले बालबालिकाको सुरक्षालाई प्राथमिकता दिँदै यस्ता घटनामा शीघ्र प्रतिक्रिया दिनुपर्ने कुरामा जोड दिएको छ। साथै, बालबालिकालाई अभिभावकको सतर्क निगरानीमा राख्न सबैलाई अपिल गरिएको छ।

Related Posts

पूजा ठाकुरको ‘तीजैमा छमछम’ सार्वजनिक, तीजको मौलिक संस्कृति र उल्लाससँगै नाच्दैछ नेपाली मन

नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीजैमा छमछम’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा…

ByByanjana soni २ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *