For Youtvnepal long gif
  • Home
  • समाचार
  • स्वास्थ्यका लागि कुरिलो खानुका अचुक फाईदाहरु
Image

स्वास्थ्यका लागि कुरिलो खानुका अचुक फाईदाहरु

काठमाडौं । पुष १४ गते

निकै महंगोमा बिक्रि हुने कुरिलो खेतीमा समेत पछिल्लो समय मानिसहरुको आकर्षण बढ्दै गएको छ ।कुरिलो स्वास्थ्यका हिसाबमा निकै उपयोगी वनस्पति हो । यसमा भरपुर मात्रामा प्रोटिन हुन्छ । प्रायः सवैले कुरिलो चिनेको भएपनि यसको फाइदाबारे जानकारी नहुन सक्छ ।कुरिलो स्वास्थ्यका एकदमै लाभदायक हुन्छ । कुरिलो जंगलमा पाईने एकप्रकारको घाँस हो । तर यसको माग बजारमा धेरै भएपछि अहिले यसको व्यवसायिक रुपमा खेती गर्न थालिएको छ । यसको स्वाद निकै मिठो हुन्छ । यो सबैको लोकप्रिय तरकारी हो ।

यो स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि निकै लाभलायक हुन्छ ।यो एक प्रकारको जडिबुटी पनि हो । यसलाई आर्युवेदिक औषधीका रुपमा पनि प्रयोग गरिन्छ । यसले बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त, शोक अनि शुक्र दुर्वलता जस्ता रोगहरुबाट मुक्ति दिलाउछ । कुरिलो खानुका फाईदाहरु यसप्रकार रहेका छन् । कुरिलोलाई तरकारी बनाएर तथा यसको सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन, प्रोटीनका साथै बिभिन्न पौष्टिक तत्व पाइन्छ । यसको सेवनले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, महिलाहरुको स्तनमा दुधको मात्रा बढाउने, दुर्बलता हटाउन, स्वेतप्रदर तथा महिनावारी गडबडीमा उपयोगी हुन्छ । कुरिलोको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीसंग सेवन गर्नाले पुरुषहरुको बिर्य बढाउँछ ।

यसलाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधीको रूपमा प्रयोग गरिन्छ । कुरिलोको नियमित सेवनले क्यान्सर रोग लाग्नबाट बचाउँछ साथै क्यान्सर रोगीका लागि फाइदाजनक हुन्छ । यसको नियमित सेवनले स्त्रीहरुको रक्त प्रदर, स्वेतप्रदर तथा म’हिनावारी गडबडी र स्तनजन्य रोग र स्त्री पुरुष दुबैमा यौ’न दु’र्बलता हटाउन मदत गर्छ ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *