For Youtvnepal long gif
  • Home
  • समाचार
  • स्वास्थ्यका लागि कर्कलो खानुका फाईदाहरु
Image

स्वास्थ्यका लागि कर्कलो खानुका फाईदाहरु

काठमाडौं । पुष ४ गते
कर्कलो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदाजनक मानिन्छ । यो स्वादमा निकै मिठो हुन्छ । यो प्रायस् मानिसहरुको भान्सामा नियमित पाकिने तरकारी हो । कर्कलोको पातहरुमा क्याल्शियम, पोटेशियम, एंटी९अक्सीडेंट र भिटामिन ए, बी, सी भरपूर मात्रा मा पाईने गर्दछन, जसले तपाईँको स्वास्थलाई अनेकौँ फाईदा गर्दछन् ।

कर्कलोको पात र तरकारीले ब्लडप्रेशरलाई कन्ट्रोल गर्दछ। कर्कलो खानाले तनाव कम गर्दछ जसले गर्दा तपाईको ब्लडप्रेशर कन्ट्रोलमा रहने गर्दछ। पेट दुखेको समस्या हुँदा पनि कर्कलो लाभदायक हुन्छ। कर्कलो सेवन गर्नुका फाईदाबारे तल उल्लेख गरिएको छ ।

कर्कलाको पातको रस १० ग्राम निकालेर ३,४ दिनसम्म सेवन गर्नाले पिसाब पोल्ने समस्या हटेर जान्छ ।

लगातार वायू विकार भइरहेमा कर्कलाको पात उमालेर छान्नुहोस् । त्यसमा थोरै घीउ मिसाएर केहि दिन सेवन गर्नाले वायू विकारको कारण हुने समस्या दूर भएर जान्छ ।

हृदय रोगमा लाभदायीः हृदय रोग भएका व्यक्तिले कर्कलाको तरकारी बनाएर कम्तिमा २५ ग्रामको दरले दैनिक सेवन गरेमा हृदय रोगमा लाभ मिल्छ ।

उच्च रक्तचापमाः उच्च रक्तचाप भएका व्यक्तिले हरेक खानामा कर्कला पनि मिसाउदा अति लाभदायी हुन्छ ।

यसमा पर्याप्त मिनरल्स, पोटासियम, म्याग्नेशियम लगायतका पोषक तत्वहरु हुन्छ । यसको सेवनले ब्लड प्रेसर नियन्त्रणमा राख्छ ।

घाउबाट रगत बगेमास् कर्कलाको काण्ड पोलेर खरानी बनाउनुहोस् । त्यसमा थोरै तेल राखेर घाउ भएको ठाउँमा लगाउनुहोस् । तपाईको घाउबाट रगत बग्न छोड्छ ।

पित्तको समस्या भएमा कर्कलाको कलिलो पातको रस १० ग्राम जति निकाल्नुहोस् । त्यसमा जीरा पिसेर मिलाउनुहोस् र सेवन गर्नुहोस् । पित्तको समस्या हटेर जान्छ ।

दुध कम आएमा बच्चाको दुध कम आएमा आमाले नियमित रुपमा कर्कलाको सेवन गर्नुपर्छ ।
कर्कलोको पातहरुलाई पानीमा उसिनेर उक्त पानीमा अलिकती घीउ मिसाएर ३ दिनसम्म पिउनाले आराम मिल्दछ । यसले आँखाको हेर्ने क्षमता बढाउँदछ र आखाको मांसपेशिहरु पनि बलियो बनाउँदछ ।

कर्कलो पातमा पाईने भिटामिन ए तपाई को आँखाका लागि लाभदायक हुन्छ ।जोड्नीको दुखाईको समस्याबाट पनि कर्कलोको पातले छुटकारा दिलाउन सक्दछ । यदि नियमित रूपले तपाईँले कर्कलो खाने गर्नु भयो भने जोड्नी सुखाईको समस्याबाट राहत पाउन सकिन्छ । कर्कलोको पातहरुमा पाइने फाइबरले तपाईँको शरीरको मेटाबलिज्मलाई चुस्त बनाउनुका साथै तपाईँको शरिरको तौललाई पनि कन्ट्रोल गर्नमा मद्दत गर्दछ ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *