Trending

स्वतन्त्रताका लागि १ हजार वर्ष जेल बस्न तयार छु :  इमरान खान

680Views
0 Shares


काठमाडौं, २ भदौ । पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले देशका लागि एक हजार वर्ष जेल बस्न तयार रहेको बताएका छन् ।तोशाखाना मुद्दामा दोषी पाइएपछि इमरान खानलाइ तीन वर्षको जेल सजाय सुनाइएको छ र हाल उनी पञ्जाब प्रान्तको अटक जेलमा थुनामा रहेका छन्।

पाकिस्तान तहरीक ए इन्साफका प्रमुखका कानुनी टोलीका सदस्य उमियार नियाजीले खानलाई एट्टक जेलमा भेटेपछि शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री ठीक र स्वस्थ रहेको ट्रिब्यून पत्रिकाले जनाएको छ। यद्यपि उनको दाह्री बढेको छ। उनलाई ऐना र सेभिङ किट दिइएको छ ।

नियाजीले ६ जनाको टोलीमध्ये आफूलाई मात्र इमरान खानसँग भेट्न अनुमति दिइएको दाबी गरेका छन् । पीटीआई प्रमुखसँगको भेटबारे कुरा गर्दा नियाजी निकै भावुक देखिएका छन् । उनले पत्रकारहरुलाई भने कि भेटमा इमरान खानले भने, “मलाई (जेलमा) सुविधा नपाएकोमा कुनै चिन्ता छैन। मलाई १ हजार वर्ष जेलमा राखे पनि फरक पर्दैन। म यसको लागि तयार छु, किनकि स्वतन्त्रताको लागि बलिदान दिनु पर्छ।’

उल्लेखनीय कुरा के छ भने पूर्व प्रधानमन्त्रीमाथि देशभर १४० भन्दा बढी मुद्दा चलिरहेका छन्, जसमा उनीमाथि आतंकवाद, हिंसा, ईश्वरनिन्दा, भ्रष्टाचार र हत्याको आरोप छ। सोही सिलसिलामा तोशाखाना मुद्दामा दोषी ठहरिए पछि इस्लामावादको ट्रायल कोर्टले उनलाई ३ वर्षको जेल सजाय सुनाएको छ । र, साथै अदालतले आगामी ५ वर्ष चुनाव लड्न नपाउने समेत जनाउँदै एक लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय