For Youtvnepal long gif
  • Home
  • राजनीति
  • स्थानीय तहको चुनाव संविधानसम्मत गर्नुपर्ने कांग्रेसका महामन्त्री थापाको भनाई
Image

स्थानीय तहको चुनाव संविधानसम्मत गर्नुपर्ने कांग्रेसका महामन्त्री थापाको भनाई

काठमाडौं । माघ १५ गते
स्थानीय तहको चुनाव संविधानसम्मत गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताउनु भएको छ । शुक्रवार पार्टीको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले सत्तारुढ गठबन्धनले स्थानीय तहको चुनावको सम्बन्धमा अघि सारेका विकल्पहरू संविधानसम्मत नभएको बताउनुभयो ।

कानुन संशोधन गरेर चुनाव गरे संविधानसम्मत नहुने भन्दै उहाँले संविधानसम्मत नभएको कुरालाई कांग्रेसले बोक्नु नहुने बताउनुभयो । पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरूले यो कुरा राखिसकेको उहाँले उल्लेख गर्नुभयो । गठबन्धनले संविधानसँग बाझिने गरी कुनै पनि काम नगर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सभापति देउवाले यो कुरा गठबन्धनको बैठकमा राख्ने प्रतिबद्धता गरेको पनि महामन्त्री थापाले जानकारी दिनुभयो । भोलि शनिवार बस्ने गठबन्धनको बैठक स्थानीय तहको चुनाव तय गर्नेतर्फ जानेमा आफूले अपेक्षा गरेको उहाँको भनाइ छ ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *