काठमाडौं । पुष १९ गते
आज सूर्या लाइफ इन्सुरेन्सको आर्थिक वर्ष साधारण सभा बस्दैछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १२।७५ बोनस सेयर र कर तिर्न ०.६७प्रतिशत नगद गरी कुल १३.३७ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ ।
सभामा भर्चुअल माध्यमबाट पनि सहभागी बन्न सकिनेछ । सभा प्रयोजनका लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गरिएको छ । पुस ८ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।बोनस सेयर जारी गरेपछि सेयर संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव छ ।
यस्तै, संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्ने एजेन्डा पनि रहेको छ । कम्पनीले हाल संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ४० प्रतिशत रहेको सेयर संरचनालाई परिवर्तन गरी संस्थापक हिस्सा ५१¬ र सर्वसाधारण हिस्सा ४९५ बनाउन लागेको हो । सभा होटल हैरिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे बस्नेछ ।

















