सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
By YOUTV
११ महिना अगाडि
Comments: 0
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ३ सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ ।
यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेर प्रतितोला १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
११ महिना अगाडि
११ महिना अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान २ महिना अगाडि