ताजा समाचार
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ६ घण्टा अगाडिदेश
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ६ घण्टा अगाडिसरकारले अगामी बैशाख १६ र १७ गते लगानी सम्मेलन गर्ने
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं । सरकारले अगामी बैशाख १६ र १७ गते लगानी सम्मेलन गर्ने भएकोछ । अर्थमन्त्रालय लगायतका सरोकारवाला सरकारी निकायका अधिकारीहरु यतिबेला लगानी सम्मेलनका एजेण्डा र सम्भावित सहभागीहरुको सूची तयार गर्न सक्रिय छन् । केही दिनभित्रै ती काम सकेर दाताहरुलाई सहभागिताको लागि अनुरोध गर्ने र सम्मेलनको लागि आवश्यक तयारी गरिने सरकारी अधिकारीहरु बताए ।
लगानी सम्मेलनको लागि सरकारले तयारी गरिरहँदा सम्वद्ध विज्ञ र निजी क्षेत्रका उद्योगी व्यवसायीहरु मात्रै होइन, कतिपय सरकारी अधिकारीहरु नै पनि सरकारको नियत माथि प्रश्न गरिरहेका छन् । उनीहरुको प्रश्न लगानी सम्मेलन किन आयोजना गरिदैंछ भन्ने बारेमा होइन, स्वदेशी उद्यमी र लगानीकर्तालाई निरुत्साहित गर्ने सरकारी प्रवृत्तिको बारेमा हो । स्वदेशी लगानीकर्तालाई ‘सौताका सन्तान’ जस्तो व्यवहार गरेर विदेशी लगानीकर्तासँग जी, हजुरी गर्ने प्रवृत्तिप्रति हो । त्यसैले यो प्रश्न केवल उद्योगी व्यवसायीको प्रश्न मात्रै होइन, देशको हविगत बुझाउने र सरकारी कार्यशैलीलाई छरपष्ट पार्ने दृष्टान्त पनि हो ।
उद्योगी, व्यवसायीले मात्र होइन, सबैले महसुस गरेको कुरा हो—पछिल्ला केही वर्षयता नेपालमा व्यवसायीक वातावरण खल्बलिएको छ । उद्यमी व्यवसायीहरु पलायन हुने क्रम बढ्दो छ । भूकम्प, नाकावन्दी र कोरोनाले थला परेको आर्थिक क्षेत्रलाई उकास्नको लागि गम्भिर भएर लाग्नु पर्नेमा सरकार कुहिरोको काग जस्तै कता कता अल्मलाइरहेको छ । बरु यो अवधिमा यो वा त्यो वाहानामा उद्योग, व्यवसायी माथिको आक्रमणलाई तीब्र पारिएको छ ।
१ वर्ष अगाडि
ताजा समाचार, देश, भिडियो, मनोरञ्न
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ६ घण्टा अगाडिअन्तराष्ट्रिय खबर, ताजा समाचार, देश, शिक्षा, समाचार
ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु ४ हप्ता अगाडिजिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान ३ महिना अगाडि