For Youtvnepal long gif
  • Home
  • समाचार
  • संसद्‌मा आफ्नो उपस्थितिले पनि ओलीको सातो जाने गरेको माधव नेपालको तर्क
Image

संसद्‌मा आफ्नो उपस्थितिले पनि ओलीको सातो जाने गरेको माधव नेपालको तर्क

काठमाडौं । पुष ६ गते
राजतन्त्रको ठाउँमा ओलीतन्त्र आएकाले त्यसविरुद्ध ५ दलीय गठबन्धन बनाउनु परेको नेकपा एसका अध्यक्ष माधव नेपालले बताउनु भएको छ । आज गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दे उहाँले ओलीतन्त्र दक्षिणपन्थी भासमा भासिएको, निरकुंशता सामूहिक नभई एकल र निरकुंशता लाद्न थालेकाले पार्टीमै विद्रोह गरिएको बताउनु भएको छ । उहाँले ओलीको कब्जा र प्राइभेट कम्पनीको रुपमा एमाले रहेको आफ्नो पार्टीको पहिलो प्रतिद्वन्द्वी बन्न पुगेको बताउनु भएको छ । एमालेलाई आफ्‍नो पार्टीले पहिलो शत्रु घोषणा गरेकाले हामीले पनि मुख्य प्रतिद्वन्द्वी मानेको उहाँले बताउनु छ ।

उहाँले संविधानको सम्मान पनि ओलीले नगरेको बताउनु भएको छ । नेपालले आफूहरुलाई कारबाही गर्ने अधिकार ओलीलाई नभएको भन्दै संसद्‌मा आफ्नो उपस्थितिले पनि केपीको सातो जाने गरेको बताउनु भएको छ । सभामुख एक्लो नभएकाले आफ्नो काममा अघि बढ्न भन्दै उहाँले आफूहरुको सधैं साथ रहने बताउनु भएको छ ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *