Trending

संसदको गतिरोध अन्त्य गर्न शिर्ष दलको बैठक आज पनि बस्दै

735Views
0 Shares

काठमाडौं, २३ साउन । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शिर्ष नेताहरु पुनः छलफलमा बस्ने भएका छन् । सुन प्रकरणमा छानबिन समिति बनाउने विषयमा हिजो सिंहदरबार र बानेश्वरमा भएका दुबै छलफल निष्कर्षमा पुग्न नसके पछि थप छलफलका लागि आज पुनः बैठक बस्न लागेका हुन् ।

जस अनुसार आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बस्नेछ । प्रतिनिधिसभा बैठक ३ बजे बस्नु अघि प्रमुख दल बिच सहमति जुटाउने प्रयास स्वरुप सो बैठक बोलाईएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देबराज घिमिरे, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उक्त बैठकमा रहने छन् ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागलाई सत्तारुढ दलले अस्विकार गरे पछि गत १२ साउन देखी नै संसद अवरुद्ध हुँदै आएको छ । सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण यस अघिका कयौं बैठकहरु निष्कर्षमा निस्कन सकेका छैनन् । आजको बैठकबाट निष्कर्ष निकाल्ने अपेक्षा शिर्ष नेताहरुले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय