Trending

वुमन्स प्रिमियिर लिगः दिल्ली क्यापिटल्सको दोस्रो जित

2.7kViews
10 Shares

काठमाडौं । वुमन्स प्रिमियिर लिग (डब्ल्यूपीएल)मा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ । बिहीबार राति भएको खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २५ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले ५ विकेट गुमाएर १९४ रन बनाएको थियो ।

१९५ रनको लक्ष्यको जवाफमा रोयल च्यालेन्जर्स बैंग्लोरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्रै बनाउन सक्यो । बैंग्लोको पहिलो हार हो ।पहिले ब्याटिङमा आएको दिल्लीको टोलीले राम्रो सुरुवात गरेको थियो । मेग ल्यानिङ ११ रन बनाएर आउट भएपछि शेफाली वर्मा र एलिस क्याप्सीबीच ८२ रनको साझेदारी भएको थियो ।

 एलिस क्याप्सीले ४६ रन बनाइन् भने शेफाली वर्माले ५० रनको उत्कृष्ट पारी खेलिन् । इनिङ्सको अन्त्यमा मारिज्ने क्यापले ३२ रन र जेस जोन्सनले ३६ रनको अविजित इनिङ खेल्दै टोलीको स्कोर २०० को नजिक पु¥र्याएका थिए । बैंगलोरका लागि सोफी डेभिन र नादिन डे क्लर्कले २–२ विकेट लिए ।

१९५ रनको लक्ष्यको जवाफमा आरसीबीले उत्कृष्ट सुरुवात गरेको थियो । स्मृति मन्धाना र सोफी डेभिनले पहिलो विकेटका लागि ७७ रन जोडे । सोफी डेभिनले २३ रन जोडेपछि मन्धनाले सबिनेनी मेघनासँग ३५ रन जोडिन् ।

 कप्तान स्मृति मन्धानाले ७७ रनको उत्कृष्ट इनिङ्स खेलेकी थिइन् । मन्धानाको विकेट गुमेपछि दिल्लीले खेलमा आफ्नो पकड बलियो बनाएको थियो । सेविनेनी मेघनाले ३६ रन बनाएर बैंग्लोरको टोली २० ओभरमा ९ विकेट गुमाएर १६९ रन बनाउन सफल भयो र खेल २५ रनले पराजित भयो । दिल्लीका लागि जेस जोनसनले सर्वाधिक ३ विकेट लिँदा मार्जिनेन केप र अरुणधती रेड्डीले दुई दुई विकेट लिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
13°
Clear
6:53 am6:11 pm +0545
Feels like: 13°C
Wind: 5km/h NE
Humidity: 88%
Pressure: 1011.18mbar
UV index: 0
1 am2 am3 am4 am5 am
12°C
11°C
11°C
10°C
10°C
MonTueWedThuFri
27°C / 11°C
28°C / 11°C
28°C / 12°C
28°C / 13°C
29°C / 13°C

प्रिय न्युज


लोकप्रिय