• Home
  • समाचार
  • वीरगञ्जमा हैजा नियन्त्रणका लागि लिटिल बड्डी प्री-स्कुलको जनचेतना अभियान
Image

वीरगञ्जमा हैजा नियन्त्रणका लागि लिटिल बड्डी प्री-स्कुलको जनचेतना अभियान

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकामा फैलिरहेको हैजा नियन्त्रण र सचेतना अभिवृद्धिका उद्देश्यले लिटिल बड्डी प्री-स्कुलले विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार विद्यालयका शिक्षकहरूको टोलीले महानगरपालिका–८ का घर–घरमा पुगेर सरसफाइसम्बन्धी गतिविधि सञ्चालन गर्दै खानेपानी उमालेर पिउनु, साबुन पानीले हात धुने, सफा खाना खाने तथा वरिपरिको वातावरण स्वच्छ राख्ने जस्ता व्यवहारिक अभ्यासलाई प्रोत्साहन गरेका थिए।

हैजाको प्रकोपका कारण विद्यालय एक साताका लागि बन्द गरिएको भए पनि पुनः सञ्चालनसँगै जनचेतना अभियानलाई प्राथमिकता दिइएको विद्यालयका प्रिन्सिपल विजय कुमार बलले जानकारी दिए। उनले भने, “हैजा नियन्त्रणका लागि समुदायमा सचेतना फैलाउनु अत्यन्त जरुरी छ, र हाम्रो यो प्रयास निरन्तर रहनेछ।”

हाल वीरगञ्ज महानगरका वडा नम्बर ३, ११, १२ र १३ मा हैजा तीव्र रूपमा फैलिएको अवस्थामध्ये यस्ता जनचेतनामूलक कार्यक्रमले स्थानीय बासिन्दालाई रोकथामका उपायहरू अपनाउन प्रेरित गर्ने विद्यालयले विश्वास व्यक्त गरेको छ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ३ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *