वीरगंजमा धार्मिक उत्सवसहित पूर्वमन्त्री यादवद्वारा फूलपाती भित्र्याइयो
By Birgunj
७ महिना अगाडि
Comments: 0
वीरगंज – बडादसैँको दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका अवसरमा वीरगञ्जस्थित भगवती श्री राधेमाई मन्दिरमा परम्परागत रूपमा फूलपाती भित्र्याइएको छ। प्रत्येक वर्षझैं यस वर्ष पनि धार्मिक उत्साहसाथ सम्पन्न भएको कार्यक्रममा पूर्वमन्त्री प्रदीप यादवले शुभ साइतमा शास्त्रीय विधिपूर्वक फूलपाती भित्र्याएका हुन्।
सो अवसरमा हजारौँ श्रद्धालुहरूको उपस्थितिमा मन्दिर परिसरमा विशेष पूजा–अर्चना र धार्मिक विधिहरू सम्पन्न गरियो। भक्तजनहरूले देवी भगवती श्री राधेमाईको दर्शन गर्दै आशीर्वाद प्राप्त गरे।
पूर्वमन्त्री यादवले फूलपातीको अवसरमा सम्पूर्ण देशवासीको सुख, समृद्धि र चिताएको कार्य सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
फूलपाती भित्र्याउने यस परम्परागत अनुष्ठानले वीरगञ्जको धार्मिक तथा सांस्कृतिक वातावरणलाई झन् उत्साहपूर्ण बनाएको थियो।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि