• Home
  • समाचार
  • वीरगंजमा धार्मिक उत्सवसहित पूर्वमन्त्री यादवद्वारा फूलपाती भित्र्याइयो
Image

वीरगंजमा धार्मिक उत्सवसहित पूर्वमन्त्री यादवद्वारा फूलपाती भित्र्याइयो

वीरगंज – बडादसैँको दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका अवसरमा वीरगञ्जस्थित भगवती श्री राधेमाई मन्दिरमा परम्परागत रूपमा फूलपाती भित्र्याइएको छ। प्रत्येक वर्षझैं यस वर्ष पनि धार्मिक उत्साहसाथ सम्पन्न भएको कार्यक्रममा पूर्वमन्त्री प्रदीप यादवले शुभ साइतमा शास्त्रीय विधिपूर्वक फूलपाती भित्र्याएका हुन्।

सो अवसरमा हजारौँ श्रद्धालुहरूको उपस्थितिमा मन्दिर परिसरमा विशेष पूजा–अर्चना र धार्मिक विधिहरू सम्पन्न गरियो। भक्तजनहरूले देवी भगवती श्री राधेमाईको दर्शन गर्दै आशीर्वाद प्राप्त गरे।

पूर्वमन्त्री यादवले फूलपातीको अवसरमा सम्पूर्ण देशवासीको सुख, समृद्धि र चिताएको कार्य सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

फूलपाती भित्र्याउने यस परम्परागत अनुष्ठानले वीरगञ्जको धार्मिक तथा सांस्कृतिक वातावरणलाई झन् उत्साहपूर्ण बनाएको थियो।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ७ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ७ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *