• Home
  • समाचार
  • वर्तमान सरकार प्रजातन्त्र स्थापनापछि कै सबैभन्दा साहसिक : पर्यटनमन्त्री किराती
Image

वर्तमान सरकार प्रजातन्त्र स्थापनापछि कै सबैभन्दा साहसिक : पर्यटनमन्त्री किराती

काठमाडौं । वर्तमान सरकार प्रजातन्त्र स्थापनापछि कै सबैभन्दा साहसिक भएको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले दाबी गरेका छन् । भक्तपुरमा नेपाल संवत् ११४४ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भुटानी शरणार्थी, मिटरव्याजीलगायतका साहसिक काम सरकारले गरेको बताएका छन् ।

उनले भने, ‘प्रजातन्त्रपछिको कयौं सरकारहरुले यति सहासीक काम गरेको थिएन । मिटरव्याजीको कुरा होस् । चाहे भुटानी शरणार्थीको कुरा होस् । चाहे बालुवाटारको जग्गा बेचेर खाने देशघातिहरुको कुरा होस् । चाहे जनताको छोराछोरीले प्राप्त गर्न नसकेर भौतारिएको नागरिकताको कुरा होस् । यी सबै प्रचण्ड सरकारले गरेको हो र काम सुरु भएको छ ।’

मन्त्री किरातीले जति राम्रो काम गरेपनि त्यसलाई नकरात्मक ढंगले प्रस्तुत गर्ने गरिएको उनको भनाई छ । ‘यदी हामीले दुध र पानी छुट्टयाउन सकिएन भने इतिहासदेखि अहिलेसम्म भोगिरहेको नियती फेरीपनि हामीले भोगि राख्नु पर्छ । जसरी पनि खोट लगाउने हाम्रो संस्कति बनेको छ । यो अचम्मको कुरा छ । ’ उनले भने ‘परिवर्तनको रक्षा, सम्वृद्धिको नेतृत्व प्रचण्डबाट सम्भव छ भन्ने मलाई लाग्छ किनभने युद्ध र शान्तिको नेतृत्व उहाँले गर्नु भो । ’

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ७ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ७ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *