वरिष्ठ शिक्षिका, कलाकार तथा साहित्यकार इन्दु पन्तको बहुआयामी योगदान
By YOUTV Nepal
१ हप्ता अगाडि
Comments: 0
काठमाडौं, नेपाल – शिक्षण, साहित्य, र चित्रकलामा तीन दशकभन्दा बढी योगदान पुर्याएकी इन्दु पन्त नेपाली कला, साहित्य तथा शिक्षाक्षेत्रमा स्थापित नाम हो। २०१४ फागुन १३ गते (सन् १९५८ फेब्रुअरी २६) मा काठमाडौंको हाँडीगाउँमा जन्मेकी पन्त हाल चण्डोल, काठमाडौंमा बसोबास गर्दै आएकी छिन्।
३५ वर्षभन्दा बढी शिक्षण पेशामा सक्रिय रहेकी पन्तले बी.एफ.ए. (ललितकला) तथा बी.एड. (शिक्षाशास्त्र) अध्ययन गरेकी छिन्। उनले शिक्षणसँगै साहित्य लेखन र चित्रकलामा महत्वपूर्ण योगदान दिँदै आएकी छिन्।
इन्दु पन्त विशेषगरी मानव मनोविज्ञानमा आधारित साहित्य लेखनमा रुचि राख्छिन्। उनका विभिन्न विधाका कृतिहरू प्रकाशित छन्, जसमा कथा, उपन्यास, महाकाव्य, बाल साहित्य तथा कविता संग्रहहरू समावेश छन्।
उनका कथाहरू, कविताहरू तथा साहित्यिक लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्।
इन्दु पन्तले नेपाल र अन्तर्राष्ट्रिय स्तरमा चित्रकला प्रदर्शनीहरूमा निरन्तर सहभागिता जनाउँदै आएकी छिन्।
उनले नेपाल ललितकला एकेडेमी, नेपाल कलाकार समाज, नेपाल-जापान फ्रेण्डशिप, नेपाल-फिनल्यान्ड फ्रेण्डशिप, नेपाल-भारत सम्बन्ध, रसिया-नेपाल फ्रेण्डशिप लगायतका चित्रकला प्रदर्शनीहरूमा सहभागिता जनाइसकेकी छिन्।
उनले २००७ मा वेबी विथ फ्लावर शीर्षकको पहिलो एकल कला प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिन्। २००९ मा अमेरिका (ल्यान्सडेल, पेन्सिल्भेनिया) मा विविध चित्रहरूको प्रदर्शनी गरिन्। हालै २०८० सालमा नेपाल आर्ट काउन्सिल र नाफा आर्ट ग्यालरी, काठमाडौंमा लेखक भरत जंगमको उपन्यास कालो सूर्य मा आधारित २७ वटा चित्रहरूको एकल प्रदर्शनी सम्पन्न गरिन्।
उनको योगदानलाई कदर गर्दै उनलाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिएका छन्।
उनले कला र साहित्यमा नयाँ पुस्तालाई अभिप्रेरित गर्ने उद्देश्यले “Creative Time with Indu” नामक युट्युब च्यानल सञ्चालन गरिरहेकी छिन्।
नेपालको कला, साहित्य, तथा शिक्षाक्षेत्रमा बहुमूल्य योगदान पुर्याउँदै आएकी इन्दु पन्त भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्न पुगेकी छिन्।
ताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि