• Home
  • राजनीति
  • लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूमि हुन् : गृहमन्त्री लेखक
Image

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूमि हुन् : गृहमन्त्री लेखक

वीरगञ्ज – गृहमन्त्री रमेश लेखकले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूमि भएको दोहोर्‍याएका छन् । सोमबार नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले चीन र भारतबीच लिपुलेकलाई व्यापार नाका बनाउन गरिएको सम्झौताप्रति नेपालले प्रष्ट आपत्ति जनाएको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको अडान सही भएको उल्लेख गर्दै भने, “नेपालको भूमि हाम्रो हो भनेर भन्नाले कुनै पनि छिमेकीसँग सम्बन्ध बिग्रिँदैन ।”

हालै नेपाल हुँदै पाकिस्तानका आतंकवादी भारत प्रवेश गरेको भन्ने समाचारप्रति प्रतिक्रिया जनाउँदै गृहमन्त्री लेखकले त्यस्तो हल्लामा सत्यता नभएको स्पष्ट पारे । “ती व्यक्तिहरु भारत नभई मलेसिया गएका थिए,” उनले भने ।

पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले संविधान र लोकतन्त्र खतरामा रहेको दाबी गर्दै त्यसको रक्षा सरकारको प्रमुख दायित्व भएको बताए । राजतन्त्र फर्काउने गतिविधि बेलाबेलामा हुने गरेको भन्दै उनले वर्तमान संविधानलाई जोगाउन सबैले एकजुट हुनुपर्नेमा जोड दिए ।

सरकारको १३ महिनाको कार्यकाल सफल भएको दाबी गर्दै उनले मुलुकमा राजनीतिक स्थिरता, अर्थतन्त्र सुधार र शान्ति सुरक्षाको अवस्था सुदृढ भएको बताए ।

फरक प्रसङ्गमा उनले वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणतर्फ उन्मुख भएको जानकारी दिए । संक्रमित क्षेत्र निरीक्षणका क्रममा अस्पताल र चिकित्सकसँगको भेटघाटमा बिरामीले राम्रो उपचार पाइरहेको भन्दै, संक्रमणको कारण पत्ता लगाउन विज्ञ टोली परिचालन गरिने पनि उनले बताए ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटा, मधेस प्रदेशका कृषिमन्त्री जनार्दन सिंह क्षेत्री, पूर्वमन्त्रीहरू सुरेन्द्रप्रसाद चौधरी र ओमप्रकाश शर्मा लगायतको उपस्थिति थियो ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ३ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *